मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्यक्ति

बलिउडका ‘महानायक’ अमिताभ बच्चन: जो एक दर्जन फिल्म फल्प भएपछि बल्ल उदाए 

काठमाडौँ– बलिउडमा ‘महानायक’ को उपमा पाएका अभिनेता अमिताभ बच्चनको स्टारडम सदाबहार छ । उनी भारतमा मात्रै होइन, नेपाली दर्शक सामु पनि उत्तिकै लोकप्रिय र चर्चित छन् । बलिउड सिनेमा हेर्ने वा नहेर्नेमध्ये उनलाई नचिन्ने कमै हुन्छन् ।

भारतको उत्तर प्रदेशको इलाहाबाद जिल्लामा सन् १९४२ अक्टोबर ११ मा जन्मिएका अमिताभ अहिले पनि फिल्म उद्योगमा सक्रिय छन् । हरिवंश राय बच्चन र तेजी बच्चनको कोखबाट जन्मिएका उनी सानैदेखि चलाख थिए ।

उनको वास्तविक नाम अमिताभ हरिवंशराय बच्चन हो । उसलाई ‘बिग बी,’ ‘एग्री यंग म्यान’ र बलिउडका ’शहनशाह’लगायत विभिन्न उपनामले पनि बोलाउने वा चिन्ने गरिन्छ ।

बच्चनका एक भाइ छन् । अमिताभकी आमा एक सामाजिक कार्यकर्ता थिइन् भने बुबा एक प्रसिद्ध कवि थिए । अमिताभ बच्चनको शुरुवाती नाम इंकलाब राखिएको थियो तर उनका बुबा साथी कवि सुमित्रानन्दन पन्तले नाम परिवर्तन गरी ‘अमिताभ’ राखिदिए ।

सानैदेखि पढाइमा अब्बल रहेका अमिताभ नैनीतालको शेरवुड कलेजका विद्यार्थी थिए । उच्च शिक्षाका उनी दिल्ली विश्वविद्यालय अन्तर्गतको किरोरीमल कलेजमा भर्ना भएका थिए ।

बलिउड अभिनेत्री रेखासँगको प्रेम अफियरको बारेमा धेरै चर्चा भए पनि उनले जया बच्चनसँग विवाह गरेका थिए । उनका एक छोरा (अभिषेक बच्चन) र एक छोरी (श्वेता नन्द) छन् । अभिषेक बच्चन पनि फिल्म क्षेत्रमै सक्रिय छन् । अमिताभ र अभिषेकले कैयन् फिल्ममा एकसाथ अभिनय गरेका पनि छन् ।

बोल्ड आवाजबाट अभिनयको शुरुवात

बलिउड अभिनेता अमिताभ बच्चनले मृणाल सेनको फिल्म ‘भुवन शोम’ बाट आफ्नो करिअरको शुरुवात गरेका थिए । यो फिल्म सन् १९६९ मा प्रदर्शनमा आएको थियो । यसै वर्ष उनको अभिनय रहेको अर्को फिल्म ‘सात हिन्दुस्तानी’ पनि प्रदर्शनमा आएको थियो ।

‘भुवन शोम’ मा अमिताभले  अमिताभ बच्चनले वाचन गरेका थिए । फिल्ममा उनले आफ्नो आवाज दिँदै भनेका थिए, ‘यो तपाईँको मर्जी भयो कि तपाईं उसको भलाइ गर्नुहोस् कि खराब ।’

यही लाइनसहित अमिताभ मृणाल सेनको फिल्म ‘भुवन शोम’ को ओपनिङ भएको थियो । फिल्म ‘भुवन शोम’ अमिताभ बच्चनले न्यारेसन (कथा वाचन) गरेका थिए भने फिल्म ‘सात हिन्दुस्तानी’ मा पहिलो पटक पर्दामा देखा परेका थिए ।

सोमबार मृणाल सेनको जयन्ती हो । उनले निर्देशन गरेको ‘भुवन शोम’ सन् १९६९ मा प्रर्दशन गरिएको थियो । यो फिल्म ‘बलाई चन्द मुखोपाध्याय’को बङ्गाली कहानीमा आधारित रहेको छ ।

यस फिल्मले त्यतिबेला बेस्ट फिचर फिल्म, बेस्ट डाइरेक्टर र बेस्ट कलाकार गरी तीन वटा अवार्ड जित्न सफल भएको थियो ।

अमिताभ शुरुवाती चरणमा असफल अभिनेताका रुपमा चिनिन्थे । उनले अभिनय गरेका करीब एक दर्जन फिल्मले फल्पसमेत भएका थिए । सन् १९७३ मा उनले अभिनय गरेको फिल्म ‘जन्जीर’ले चर्चा पायो ।

फिल्मसँगै उनलाई पनि बलिउडका सर्वश्रेष्ठ अभिनेताको रूपमा लिन थालियो ।

सो फिल्मपछि उनी ‘द एङ्ग्री योङ्ग म्यान’ मा निभाएको भूमिकाले लोकप्रिय बने । त्यसपछि उनले बलिउडमा एकपछि अर्को हिट फिल्म दिए ।

करीब साढे दुईसय भन्दा बढी फिल्ममा अभिनय गरेका अमिताभलाई सन् १९९९ मा बीबीसी इण्डियाद्वारा ‘फिल्म अफ द मिलेनियम’ घोषणा गरेको थियो ।

यसैगरी फिल्म ‘अमर अकबर एन्थनी’बाट उनलाई पहिला फिल्मफेयर सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जित्न सफल भए । सन् १९७९ मा अभिनय गरेको फिल्म ‘सुहाग’ ले निकै नै पैसा कमायो ।

उनले सुन १९७० देखि १९८० को दशकमा करिब एक सय वटाभन्दा बढी फिल्ममा अभिनय गरेका थिए ।

झै पनि व्यस्त अभिनेता

अमिताभ बच्चन अहिले उमेरले ८१ वर्षका भइसकेका छन् । तर शारीरिक फिटनेस र जीवनशैलीको आधारमा उनी भर्खरका जवानभन्दा कम छैनन् । अहिले पनि उनको जीवनशैली उत्तिकै व्यस्त छ ।

उनी अहिले पनि बलिउड फिल्ममा उत्तिकै सक्रिय छन् । यति मात्रै होइन उनी भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ का होस्ट पनि हुन् ।

यससँगै उनी विभिन्न कार्यक्रम तथा विज्ञापनमा पनि देखिन्छन् । उनी हाल विभिन्न फिल्ममा पनि अभिनय गर्दै आएका छन् । उनी आफूलाई सधैँ फिट राख्नको लागि दैनिक स्वस्थ्य र सन्तुलित खानपान, व्यवस्थित दैनिकी, नियमित व्यायाम, शारीरिक सक्रियता र सकारात्मक सोच र उत्साह राख्ने गर्छन् ।

कति छ सम्पत्ति?

अमिताभ बच्चनकव सम्पत्ति करीब एक हजार ५ सय ७८ करोड भारतीय रुपैयाँ रहेको छ । उनीसँग आकर्षक कार, गरगहना र विलासी घर रहेको जनाइन्छ । सो सम्पतिमा अमिताभ बच्चनकी धर्मपत्नि जया बच्चनको संयुक्त नाम छ ।

बैंक ब्यालेन्सको कुरा गर्दा जया बच्चनको खातामा १० करोड ११ लाख ३३ हजार १ सय ७२ भारु रहेको छ भने  अमिताभको खातामा १ अर्ब २० करोड ४५ लाख ६२ हजार ८३ रुपैयाँ जम्मा भएको भारतीय मिडियाले जनाएको छ । 

त्यस्तै, ८४९.११ करोड रुपैयाँको चल सम्पत्ति र ७२९.७७ करोड रुपैयाँको अचल सम्पत्ति रहेको छ । अमिताभ बच्चनले वार्षिक २ सय ५० देखि २ सय ७० करोड भारु आम्दानी गर्दै आएका छन् ।

–विभिन्न रिपोर्टहरूमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?