मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापानमा डरलाग्दो समस्या बन्दै एक्लोपन : ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु

काठमाडौँ – जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरू घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब ४ हजार जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको थियो भने १३० जनाको शव झन्डै एक वर्षपछि भेटिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार हाल जापानमा सबैभन्दा बढी वृद्ध जनसङ्ख्या रहेको छ । साथै एक्लोपन पनि गम्भीर समस्याको रुपमा आएको छ । जापानी प्रहरी एजेन्सीले प्रतिवेदनले देशमा एक्लै बस्ने र एक्लै मर्न बाध्य हुने वृद्ध वृद्धाहरूको समस्यालाई उजागर गर्न मद्दत गर्ने आशा गरेको छ ।

राष्ट्रिय प्रहरी एजेन्सीको तथ्याङ्क अनुसार गत जनवरीदेखि जुन सम्मको तथ्याङ्क विश्लेषण गर्दा घरमा एक्लै बस्ने करिब ३७ हजार २२७ व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यी मध्ये ७० प्रतिशत व्यक्ति ६५ वा माथिका थिए ।

करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला परेको छ भने करिब ३९३९ जनाको शव मृत्यु भएको एक महिनापछि भेटिएको छ । 

जापानी सार्वजनिक टिभी नेटवर्क एनएचकेका अनुसार पुलिस एजेन्सीले यो तथ्याङ्क सरकारी समूहलाई दिनेछ जसले दाबी नगरिएको मृत्युको अनुसन्धान गरिरहेको छ ।

यस वर्षको सुरुमा, जापानिज राष्ट्रिय जनसङ्ख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले भनेको थियो, ‘देशमा ६५ वर्ष र माथिका नागरिकहरूको संख्या २०५० सम्ममा १०.८ मिलियन पुग्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?