मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो क्यूआर कोड प्रविधि, यसले कसरी काम गर्छ ?

पछिल्लो समय  नेपालमा मात्रै होइन विश्वव्यापी रुपमै क्युआरकोड प्रविधिको ट्रेन चलेको छ ।  होटल, रेष्टुरेन्ट, बैङ्क तथा वित्तीय संस्थामा क्युआर कोडमार्फत भुक्तानी प्रचलन बढिरहेको छ । 

भुक्तानी मात्रै होइन सूचनासमेत क्यूआर कोडमार्फत नै पाउन सकिने भएको छ ।  जसमा,  सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्छ । 

तर, क्यूआर कोड प्रविधि के हो र कसरी काम गर्छ भन्ने विषय अन्यौलता कायम नै रहेको पाइन्छ ।

क्यूआर कोडको पुरा रूप क्विक रेस्पोन्स कोड हो।   ‘क्युआर कोड’को बनावट वर्गाकार हुन्छ। जसको सेतो पृष्ठभूमिमा कालो स्क्वायर बक्सहरू छन्। यसबाहेक, क्यूआर कोडको तीन भागमा स्क्वायर बक्सहरू बनाइन्छ। 

यो कोड लागू गरिएको वस्तुको बारेमा सबै जानकारी QR कोडमा राखिएको हुन्छ। यसले  ७ हजार ८९ डिजिट र ४ हजार २ सय ९६ क्यारेक्टर स्टोर गर्न सक्छ जसमा पंकचुएसन मार्क र विशेष क्यारेक्टरहरु पनि पर्छन् । 

पहिलो पटक अटोमोबाइल, फर्मास्युटिकल र रिटेल इन्डस्ट्रिमा इन्भेन्टरीलाई ट्र्याक गर्नका लागि यसको प्रयोग गरिएको थियो ।

क्युआर कोडले कसरी काम गर्छ त ?

अहिलेको क्युआर कोडहरूमा सात ओटा भाग हुने गर्छन् । हरेक भाग रे पिक्सेल प्याटर्न बनाउँछ । जुन कुनै पज्जल जस्तै देखिने गर्छ ।

यसमा रहेको प्रत्येक तत्त्वको एक विशिष्ट उद्देश्य हुन्छ जसले कोड मार्फत निश्चित जानकारी पुर्‍याउने काम गर्छ । जस्तै प्रिन्ट दिशा, समय, त्रुटि सहिष्णुता, र खाली ठाउँहरू जसले गर्दा कोड फरक छुटयाउन मद्दत पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?