मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मान्छेपिच्छे किन फरक फरक हुन्छ औँठाछाप ?

प्रत्येक मानिसको औँठाछाप फरक फरक हुन्छ । यतिसम्म की  जुम्ल्याहा सन्तान  या  उस्तै देखिने मान्छेमा समेत एकै किसिमको मिल्ने औँठाछाप हुँदैन । 

यही तथ्य रहस्य पत्ता लगाउन अपराध अनुसन्धान गर्न र चोर पक्रिनमा उपयोगीसिद्ध भएको छ । मानिसको छालाको तन्तुका दुई तह हुन्छन् । 

भित्री तह बाक्लो हुन्छ जसलाई कोरियम भनिन्छ भने बाहिरी तहलाई एपिडेर्मिस भनिन्छ, जुन पातलो हुन्छ । चिसो रगत हुने प्राणीका छालाका यी दुई तह एकआपसमा टम्म मिलेका हुन्छन् र पर्वतका प्याटर्न देखिन्न ।

तर मानिसमा भने निश्चित आकारको प्याटर्न निर्माण भएको हुन्छ । जसले गर्दा मान्छेपिच्छे औँठाछाप फरक फरक हुन्छ । औँठाछापको वर्गीकरण गर्ने पद्धतिको विकास एड्वार्ड हेनरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?