मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हमाससँगको युद्ध विराम बारे इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीबीच विवाद

काठमाडौँ – हमाससँगको युद्ध विरामको विषयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षमन्त्री योआभ गल्लान्टबीच विवाद भएको छ ।

मिडिया रिपोर्टका अनुसार विहिबार बसेको वार क्याबिनेटको बैठकमा प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री गल्लान्टबीच भनाभन भएको थियो । प्रधानमन्त्री नेतान्याहूले हमाससँग युद्ध विराम भएपनि इजरायली सेनाले गाजा र इजिप्टको सीमामा रहेको १४ किलोमिटर लामो फिलाडेल्फी कोरिडोर छोड्न नहुने धारणा राखेका थिए । यो कोरिडोर अहिले इजरायली सेनाको नियन्त्रणमा रहेको छ । इजरायलले यस कोरिडोरबाट हमासले हतियारको तस्करी गर्ने आरोप लगाएको छ ।

युद्ध विरामको समयमा इजरायलले सो कोरिडोर छोड्नुपर्ने प्रमुख शर्त हमासले राखेको छ । क्याबिनेट बैठकमा प्रधानमन्त्री नेतान्याहूले कसरी इजरायली सेना सो कोरिडोरमा रहन सक्छन् भन्ने नक्शामै ब्रिफ गरेर देखाएका थिए । नेतान्याहुको ब्रिफिङको रक्षामन्त्रीले विरोध गरेको विभिन्न इजरायली मिडियाहरुले उल्लेख गरेका छन् ।

रक्षामन्त्रीले हमासले यो शर्त नमान्ने र अपहरण गरिएका व्यक्तिहरु नछोड्ने बताएका थिए । रक्षमन्त्रीले नेतान्याहूलाई सो बैठकमा ३० जना नागरिकको जीवन खतरामा पर्ने भन्दै सहमति अनुसार कोरिडोर खाली गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?