मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तिज गीत ‘ए दिदी भिनाजु खै’ सार्वजनिक

काठमाडौँ– तिज गीत ‘ए दिदी भिनाजु खै’ सार्वजनिक भएको छ । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका शसिका राईको स्वर रहेको सो गीत शनिबार सार्वजनिक गरेको हो ।

गीतमा दिदीभाईको प्रेमभावलाई नजिकबाट देखाइएको छ । गीतमा शिवाकोटीकै शब्द तथा संगीत रहेको छ । वर्ष दिनपछि आफ्नो माइतीलाई भेट्दा हुने खुसी देखाइएको छ । भिडियोका निर्देशक दिलिप समन हुन् । मिना बर्तौला र गायक शिवाकोटीकै अभिनय रहेको भिडियोमा गीता थापा, सृष्टि उग्रकोटी, खेम नेपाली, सुनिल न्यौपाने, सुनिल बुढाथोकी लगायतको अभिनय देख्न सकिन्छ ।

विशाल थापाको छायाङ्कन, नकुल खड्काको सम्पादन रहेको छ भने भिडियो समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?