निगुरो बनजंगलमा आफै पलाउँछ । यो उन्यू प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जङ्गलमा निगुरो पाइन्छ ।
तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रूपमा पहाडको जङ्गलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।
नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन । वर्षायाम लागेसँगै कतिले वनजंगलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन् । निगुरोलाई भुटेर वा आलुसँग मिसाएर पनि सेवन गर्न सकिन्छ ।
निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निगुरो झनै बढी लाभदायक छ ।
निगुरोको तरकारी सेवन गरिरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन ।
वनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन भने यसमा कोलेस्ट्रोल एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनै पनि किसिमको हानी नहुने पोषणविदहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया