प्रायको भान्छामा आलुको परिकार बनेकै हुन्छ । अनि आफ्ना बालबच्चालाई आलु खुवाउनु पनि अनौठो हैन । जुन फाइदाजनक भएको केही अनुसन्धानले देखाएका छन् ।
एक शोधपत्रका अनुसार १ देखी ३ वर्ष उमेर समूहका बालबालिकाको लागि चाहिने पोटासियम र फाइबरको एक प्रमुख स्रोत हो आलु । सोधकर्ताहरूका अनुसार अनुसार मानव शरीरको विकासको लागि जरुरी हुने फाइबर आलुले आपूर्ति गर्छ ।
बेलर कलेज अफ मेडिसिनका सोधकर्ता थेसोरा मिकलले भनेका छन् , बालबच्चाले सबै खालका तरकारी खान जरुरी हुन्छ । खासगरी पोटासियम र फाइबर पाइने तरकारी बच्चालाई एकदम जरुरी हुन्छ । र त्यसको लागि सबैभन्दा उपयुक्त आलु र त्यसका परिकार हुनसक्छ ।
उनले बच्चाहरूले अरू तरकारीहरू स्वादका हिसाबले मन नपराए पनि आलु भने धेरैले मन पराउने गरेको बताए । उनी भन्छन्, त्यसैले तपाईँ फाइदा उठाउनुस् र बच्चाको खानामा आलु समावेश गर्नुस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया