मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चाको तालुमा पटक पटक तेल लगाउनु हुनसक्छ हानिकारक

भर्खर जन्मिएका शिशुहरूलाई तेल लगाएर सेक्ने गरिन्छ । यसैगरी तालुमा तेल लगाएर हातले बड्बड् गर्ने चलन पनि छ । तारीको तेल स्वस्थवर्ध्दक चिज हो ।

तर यसलाई सही ढङ्गले प्रयोग गर्न नजान्दा बेफाइदा समेत हुनसक्छ । सबैको हकमा नभए पनि कसै कसैलाई एलर्जी समेत गर्न सक्छ ।

अधिकांश मानिसहरूले बच्चाहरूलाई तेल लगाएर सफा नगरी गुम्स्याएर राख्ने, चिसो लाग्छ भनेर तेलको लेप मात्र थपिदिने, तालु पुर्नलाई भनेर तालुमा तेल लगाएर टोपीले गुम्स्याउने, चिसो लाग्छ भनेर कोठाभित्र कोइलामा तेल तताएर बच्चा तताउने गर्नुहुन्छ । तर चलनले बाल स्वास्थ्यमा समस्या उत्पन्न गराउँछ ।      

गाउँ घरमा सुत्केरी र नवजात शिशुले तेल लगाएर सफा नभएकोले कोठा नै गनाउँछ किनभने सुत्केरीलाई चिसो लाग्छ भनेर झ्याल ढोका थुनेर राखिन्छ । यसले गर्दा सास सम्बन्धी र छालाको सङ्क्रमणको खतरा बढ्ने हुन्छ ।

त्यसैगरी तालुमा तेल पटक पटक लगाउने गुम्स्याउने गर्दा बच्चाको टाउकोमा ढुसी पर्छ । त्यो ढुसी भएपछि सङ्क्रमण हुन्छ । यसकारण सबै जनाले बुझ्न आवश्यक छ की तेलको लेपले तालु पुरिने हैन तालु केही समयपछि आफै पुरिन्छ । 

टाउकोमा बिस्तारै तेलको लेप लगाएर मालिस गर्ने हो, तेलको लेप लगाएर छोड्ने हैन । त्यसमाथि पनि बन्द कोठामा कोइला, आगो बालेर तेल थोपर्दा त सङ्क्रमण र निमोनिया हुने जोखिम झन् बढ्न सक्छ ।

यसकारण खुल्ला हावामा, घाम लागेको बेलामा शिशुलाई तेल मालिस सकिएपछि बच्चालाई नुहाउने वा मनतातो पानीमा लुगा हल्का भिजाएर पुछिदिनुपर्छ । 

टाउकोमा तेलको लेप लगाएर टोपीले छोप्ने गर्नुहुन्न । तोरीको तेलले बच्चालाई हानी गर्ने होइन । तेल लगाउँदा आमा बच्चा दुवै नियमित सफा गर्नु जरुरी छ ।

तेल मालिस गरेपछि यदि नुहाउन सकिएन भने सफा बाक्लो कपडा भिजाएर त्यसले पुछे पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?