मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रशासनको निर्णयमा महिलाहरुको प्रश्न, ‘तीजको दर खाएको कुरा सरकारलाई किन पच्दैन ?’

काठमाडौँ– यतिबेला नेपाली हिन्दु महिलाहरुको महान पर्वका रुपमा मनाइने तीजको रौनक घर–घरमा छाइसकेको छ ।

तीजका भाकाहरुमा रमाउँदै महिलाहरु दर कार्यक्रमहरुमा उपस्थिति जनाइरहेका छन् । महिलाहरुको यही रौनकमा तडक भडक भएको भन्दै बिहीवार काठमाडाैँ जिल्ला प्रशासन कार्यालयले सतर्कता गराएको छ ।

पछिल्लो सयमा तीजका कार्यक्रमहरु तडक भडक मात्र नभएर खर्चिलो समेत भएकोले धार्मिक, सामाजिक, सांस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गराउने भन्दै विज्ञप्ति जारी गरेको हो ।

कोही कसैले तडकभडक र खर्चिलो किसिमका तीज कार्यक्रम गरेमा निगरानी राखी कानून बमोजिक कारबाही समेत गरिने विज्ञप्ति उल्लख गरिएको छ । जिल्ला प्रशासनको यस्तो निर्णयलाई महिलाहरुले भने विरोध जनाएका छन् ।

परम्परागत रुपमा तीजको अघिल्लो दिनमा मात्र दर खाइने गरेपनि पछिल्लो केही वर्षयता महिलाहरुले तीजको रौनकलाई केही दिन अघिदेखि नै दर खाएर मनाउँदै खाएका छन् ।

यसलाई महिला अधिकारीकर्मी देखि लिएर महिला विशिष्ट व्यक्तिहरुले सशक्तिकरणका रुपमा लिँदै आएका छन् । वर्षमा एक महिना महिला स्वतन्त्र रुपमा तीजकै अवसरमा रम्न पाउने भएकोले सरकारको कदमलाई उनीहरुले विरोध जनाउँदै आएका छन् । महिला अधिकारकर्मी तथा लेखक अमृता लम्सालले वर्षमा एक पटक महिलाहले आफूले कमाएको पैसाबाट मनोरञ्जन गर्न पाउनुपर्ने धारणा राखेकी छिन् ।

आफूले कमाएको मात्र नभएर घरमा महिलाले रातदिन काम गरेको श्रमको मुल्यांकन हुनुपर्ने विचार राखेकी छिन् । उनको प्रश्न छ, ‘फजुल खर्चकै कुरा हेर्ने हो भने, महिलाले दर नखाएको दिनहरूमा होटेलहरूको आम्दानी, रक्सी र चुरोटमा कति खर्च हुने रहेछ त्यसलाई नियन्त्रण किन नगरेको त ? तीज दरको खाएको कुरा सरकारलाई किन पच्दैन ?’

चाडवर्प मनाउन पनि महिलाले सरकारको अनुमति लिनुपर्ने प्रवृत्तिमा अर्का महिला तथा दलित अधिकारका अभियन्ता रीता परियारले आक्रोश पोखेकी छिन् ।

विकृति ल्याउनेहरुलाई गरिने कारबारहीको नाममा सबैलाई एकै घानमा पार्न नहुने अभिव्यक्ति उनले राखेकी छिन् । नीता थापा, मीना पाण्डे लगायत महिलाहरुले सरकारको जिल्ला प्रशासनको निर्णप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?