मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाँचथर विस्फोट अपडेट : घाइते अर्का बालकको पनि मृत्यु

काठमाडौं – पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ।

पाँचथरमा बिहीबार माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्कँदा चार जना बालबालिका घाइते भएका थिए। पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा उक्त घटना भएको ।

घटनामा गम्भीर घाइते भएका दुई जना बालबालिकाको मृत्यु भइसकेको छ । स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीय छोरी प्रिन्साको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले बताएका छन्।

घटनामा दुई बालबालिका घाइते भएका छन्। एकजना बालक ११ वर्षीय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। यस्तै सात वर्षीय दिप्सन राईको भने सामान्य उपचार गराएर उनी फालेलुङमै छन्। दीप्सन राईलाई भने सामान्य चोट लागेको छ। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी भण्डारीका अनुसार दीप्सन राईले भने घर पछाडिबाट खेल्ने क्रममा सामान्य गोल जस्तो वस्तु घरको धुरीबाट झरेको थियो त्यसलाई खेलाउन जाने क्रममा बालबालिकाहरू घाइते भएका हुन्। 

आइतराज केरुङको घरमा ज्ञानबहादुर राई बस्दै आएका थिए । उनका  छोरा पवन हुन । घाइते भएलगत्तै चार जना बालबालिकालाई जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?