काठमाडौँ – अमिताभ बच्चन र धर्मेन्द्र स्टारर ब्लकबस्टर बलिउड फिल्म ‘शोले’ को स्पेसल स्क्रिनिङ हुने भएको छ ।
अगस्ट ३१ मा शनिबार मुम्बईमा हुने यस स्क्रिनिङको क्रममा उद्योगका चर्चित लेखक सलीम-जावेदले पनि सहकार्यको ५० वर्ष मनाउने छन् ।
यो फिल्म रिगल सिनेमामा साँझ ५: ३० बजे प्रदर्शन हुनेछ । फिल्म ५० वर्ष पुरानो भिन्टेज सिनेमास्कोप प्रिन्टमा प्रदर्शन गरिने छ ।
सो अवसरमा चलचित्रका निर्देशक रमेश सिप्पी र लेखक सलिम जावेदको पनि उपस्थिति रहनेछ । यी तीन बाहेक चलचित्रसँग सम्बन्धित अन्य कलाकार पनि प्रदर्शनमा देखिने चर्चा छ ।
सलिम-जावेदको कथामा आधारित डकुड्रामा ‘एंग्री योङ म्यान’ हालै रिलिज भएको छ । यसको निर्माता जोया अख्तरले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा ‘शोले’ को स्क्रिनिङको जानकारी दिएकी छिन् ।
डकुमेन्ट्रीमा ‘एन्ग्री यंग म्यान’ ले सलिम-जावेदको संघर्ष, करियर र उनीहरूको बिछोडको बारेमा चर्चा गरिएको छ । यसमा आफ्ना छोराछोरी सलमान-अरबाज खान र फरहान-जोया अख्तर बाहेक, धेरै प्रसिद्ध बलिउड कलाकारहरूले सलीम-जावेदसँग सम्बन्धित आफ्नो कथाहरू सेयर गरेका छन् ।
सिरिजमा अमिताभ बच्चन, आमिर खान, साउथ सुपरस्टार यश, करण जोहर, फराह खान लगायत धेरै सेलेब्सले यी दुईको चर्चा गरेका छन् ।
फिल्म ‘शोले’ सन् १९७५ मा रिलिज भएको थियो । यसमा अमिताभ बच्चन, धर्मेन्द्र, सञ्जीव कुमार, हेमा मालिनी, जया बच्चन, अमजद खान, सत्येन कप्पु, एके हंगल, जगदीप र असरानीलगायत धेरै चर्चित कलाकारहरूले काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया