महिलालाई सुन्दरता बढाउन सहयोग पुर्याउने विभिन्न अङ्गमध्ये स्तन पनि एक हो। मिलेको आकारको स्तनले महिलाको सुन्दरतालाई बढवा दिन्छ।
नमिलेको स्तनको आकारले एक त महिलालाई शारीरिकरुपमा असहजता हुन्छ भने मानसिकरुपमा समेत तनाव उत्पन्न हुने जोखिम हुन्छ। तर तपाई सचेत हुँदा हुँदै पनि तपाईँका जीवनशैली र बानीले तपाईँको स्तनको स्वास्थ्यमा गम्भीर असर गरेको हुन सक्छ । तपाईँको स्तनलाई सदा स्वस्थ र ठूलो आकारमा सजाई राख्न यी कुरामा ध्यान दिनुहोस् :
– स्तन मिलेको आकारमा देखाउने अर्को उपाय ‘ब्रा’ हो। कतिपय ‘ब्रा’ यस्ता हुन्छन्, जसले सानो स्तनलाई ठूलो देखाउन मद्दत मिल्छ। स्तन ठूलो देखाउन बनाइएका ‘ब्रा’ लगाउँदा स्तन माथिपट्टि उचालिदिन्छ, जसले स्तन ठूलो देखिन्छ।
– ब्रा लगाएर सुत्दा स्तनमा रक्त प्रवाहमा गम्भीर प्रभाव पर्ने, स्तनको टुप्पोमा असर गर्ने, पानी झर्ने, मुन्टा सुन्निने समेत खतरा हुन्छ । त्यसैले सुत्ने समयमा ब्रा नलगाउनुहोस्
– लामो समय घोप्टो परेर सुत्दा तपाईँको स्तनको आकारमा परिवर्तन हुनुका साथै स्तन टेढो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याट्रिसमा केही घन्टा दबार राख्दा तपाईँको स्तनहरुको लिगामेन्ट्स अर्थात कोशिका र नशाहरू तन्किन्छ जसले गर्दा तपाईँको स्तन भद्दा देखिन्छ ।
– गर्भावस्थामा उल्टो निप्पल भएमा महिलाले बच्चा जन्मेपछि आफ्नो निप्पल तानेर ठिक अवस्थामा राख्न चाहन्छन्। जर्नल क्लिनिकल ल्याक्टेसियनमा प्रकाशित एक अध्ययन अनुसार गर्भवती अवस्थामा निप्पल तान्दा यसको दीर्घकालीन पीडा हुन्छ ।
– कसैको स्तनको मुन्टोमा रौ पलाएको हुन्छ जसका कारण महिलाले स्तनको रौ खुर्कन्छन् । संक्रमणको सम्भावना भएकोले यस सम्बेदनशिल अंगमा ब्लेड लगाएका धारिला सामाग्री प्रयोग गर्न हुँदैन
– कतिपय महिलाले स्तनमा टाटु खोपेर आफ्नो स्तनप्रति अरुको आकर्षण बढाउन चाहन्छन् । स्तनमा टाटु खोप्दा संक्रमण, व्लिड्रि, नसामा नै अशर गर्ने लगायत विभिन्न एलर्जी हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया