मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छालामा चिल्लोपना किन बढ्छ , यसरी गर्नुहोस् समाधान

चर्को घाम र वातावरण प्रदूषणले मानिसको अनुहारमा चिल्लोपना बढ्ने गर्छ । केही मानिसको छाला नै चिल्लो प्रकारको हुन्छ ।तातो खानेकुरा र क्रिमले पनि कतिपय मानिसको छाला चिल्लो बनाउँछ ।

चिल्लो छाला हुने व्यक्तिको अनुहारमा पिम्पल, ब्ल्याक हेड्स, चिपचिपन जस्ता धेरै समस्या देखिने गर्दछ । जसको कारण  उनीहरूमा आत्मविश्वास पनि कम हुन्छ। 

ओइली स्किन भएका व्यक्तिले धेरैजसो सौन्दर्य समस्या झेल्नुपर्ने हुन्छ । तेलमुक्त छाला प्राप्त गर्न केही सजिलो घरेलु तरिका छन् । यो तरिका अपनाएमा छालाबाट अतिरिक्त तेल हटाएर नयाँ चमक दिन्छ। 

तैलीय छालाबाट छुटकारा पाउन चन्दनको पाउडर र दहीलाई कागतीको रसमा मिलाएर लगाउनुहोस्।

चनाको पिठो, १ चम्चा जैतुनको तेल र एक चम्चा बेसार पाउडर मिलाएर अनुहारमा हल्का हातले मालिस गर्दा फोहोर र बढी तेल दुवै हटाउनेछ।

तेलयुक्त छाला सफा गर्न आवश्यक मात्रामा काँक्रोको जुस, २ चम्चा सेतो सिरका, फिटकीरी पाउडर र २ अण्डाहरू एकै पटक मिश्रण गर्नुहोस्। यो लगाएमा पनि ताजा महसुस हुन्छ ।

आधि स्याउ पिसेर १ चम्चा ओटमील पाउडरमा दूधलाई मिलाउनुहोस् र त्यसलाई अनुहार र घाँटीमा लगाउनुहोस्। १५ मिनेट पछि हल्का छोड्नुहोस्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?