मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरुखको एक वर्षमा १००० करोडले बढ्यो सम्पत्ति, जान्नुहोस् आम्दानीको स्रोत

काठमाडौँ – हुरुन इन्डिया रिच लिस्ट २०२४ सार्वजनिक भएको छ । याे लिस्ट अनुसार शाहरुख खान बलिउडका सबैभन्दा धनी स्टार बनेका छन् ।

लिस्टमा भनिएको छ कि किंग खानले प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्ट र क्रिकेट टिम केकेआरबाट ठूलो आम्दानी गरेका छन् । जसका कारण उनको कुल सम्पत्ति ७३०० करोड रुपैयाँ पुगेको छ ।

सबैलाई थाहा छ शाहरुख खानले आफ्नो फिल्मका लागि ठूलो रकम लिने गर्छन् । रिपोर्टका अनुसार शाहरुख खानले आफ्नो प्रत्येक फिल्मको करिब १५० देखि २५० करोड भारु शुल्क लिने गर्छन् । गत वर्ष रिलिज भएको फिल्म ‘पठान’का लागि शाहरुख खानले कुनै शुल्क लिएका थिएनन् । बरु, उनले नाफाको ६० प्रतिशत अर्थात् २०० करोड रुपैयाँ लिए ।

फिल्म ‘जवान’का लागि शाहरुख खानले १०० करोड पारिश्रमिक र नाफाको ६० प्रतिशत लिएका थिए । जबकि पछिल्लो फिल्म ‘डिन्की’का लागि मात्र २८ करोड भारु लिइएका थिए । शाहरुख खान र उनकी श्रीमती गौरी खान मिलेर एउटा सफल प्रोडक्सन हाउस चलाउँछन् । सन् २००२ मा सुरु भएको यस प्रोडक्सन हाउसको नाम रेड चिलीज इन्टरटेनमेन्ट हो । रिपोर्टका अनुसार शाहरुख खानले यस प्रोडक्सन हाउसबाट हरेक वर्ष ५०० करोड कमाउँछन्।

किङ खान आईपीएल क्रिकेट टिम कोलकाता नाइट राइडर्सका मालिक हुन् । उनी अभिनेत्री जुही चावलासँगको टिमको सह-मालिक हुन्। मिडिया रिपोर्टका अनुसार केकेआरले आईपीएलमा हरेक वर्ष २५० देखि २७० करोड रुपैयाँ कमाउँछ। जसमध्ये १०० करोड रुपैयाँ खेलाडी खरिद र व्यवस्थापनमा खर्च हुन्छ । यसरी केकेआरले १५० करोडभन्दा बढी कमाउँछ। केकेआरमा शाहरुख खानको ५५ प्रतिशत सेयर छ र उनले टिमबाट हरेक वर्ष ७० देखि ८० करोड रुपैयाँ कमाउँछन्।

शाहरुख खान किडजानियाको फ्रान्चाइजी इम्याजिनेसन एडुटेनमेन्ट इन्डिया प्राइभेट लिमिटेडका सह-मालिक हुन्। उनको यस कम्पनीमा २६ प्रतिशत नाफा सेयर छ । उनीहरुले कति कमाउँछन् भन्ने यकिन रकम थाहा छैन, तर किडजानिया भारतका निर्देशक र सीईओ सञ्जीव कुमारले एक पटक बिजनेस स्ट्यान्डर्डलाई भनेका थिए कि मुम्बईमा उनीहरूको परियोजनाको लागत लगभग १०० करोड रुपैयाँ छ।

फिल्मबाहेक शाहरुख खानले विज्ञापनका लागि पनि ठूलो रकम लिने गर्छन् । रिपोर्टका अनुसार किङ खानले एउटा विज्ञापन सुटिङबाट दैनिक ३.५ देखि ४ करोड रुपैयाँ कमाउँछन्। यसरी शाहरुख खानले ७३०० करोड भारु कमाएका छन् । गत वर्ष फोर्ब्स इन्डियाले एक सूची जारी गरेको थियो जसमा शाहरुख खानको कुल सम्पत्ति करिब ६३०० करोड रुपैयाँ रहेको बताइएको थियो । अर्थात् एक वर्षमा किंग खानको सम्पत्ति १००० करोडले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?