मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेरिस पारालिम्पिकमा नेपालका भरत पराजित

काठमाडौँ – नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत तेक्वान्दोको के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि आज पराजित भएका छन् ।

फ्रान्सको पेरिसस्थित ग्रान्ड पेलेसमा भएको राउन्ड अफ १६ को खेलमा पाँचौँ विश्व वरीयता जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गरे । भरत विश्व वरीयताको ५७औँ स्थानमा छन् । यस हारसँगै भरत प्रतियोगिताबाट बाहिरिएका छन् ।

तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा भोलि नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले आगामी सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् । भरत र भीम वाइल्ड कार्डमार्फत पारालिम्पिकका लागि छनोट भएका हुन् । पलेशाले भने छनोट चरण पार गर्दै पेरिस यात्रा पक्का गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?