सेतो तथा चम्किलो देखिने मोनोसोडियम ग्लोटामेट अर्थात अजिनामोटो भान्सा स्वादिलो बनाउने रासायनिक तत्त्व हो ।
खासगरी चाइनिज खानामा प्रयोग गरिने यो चम्किलो रासायनिक तत्त्व अजिनामोटो दक्षिण एसियाली खानामा पनि अत्याधिक प्रयोग हुन थालेको छ । अझ कतिपय नेपालीले त अजिनामोटोलाई नियमित मसलाको रूपमा भान्सामा प्रयोग गरिरहेका पनि भेटिन्छन् ।
स्वाद बढाउनका लागी मसलाका रूपमा प्रयोग गरिने अजिनामोटो स्लो पोइजन सरह भएको र लागुपदार्थ जत्तिकै हानिकारक भएको विज्ञहरू बताउँछन् ।
यसमा कुनै सुगन्ध, गन्ध हुँदैन र सेतो रङ्गको क्रिस्टल जस्तो देखिन्छ। यसमा एक तिहाइ सोडियम पनि पाइन्छ । यसको अत्यधिक सेवनले बेफाइदा पनि हुन्छ । अजिनोमोटोको प्रयोगलेशरीरलाई धेरै हानी पुर्याँउछ ।
यो मुख्यतया एक प्रकारको रसायन हो । यो प्रोटिन एमिनो एसिडको भाग हो । यो अजिनोमोटो बनाउनको लागि प्रायः प्रयोग हुने भएकोले यसलाई मोनोसोडियम ग्लुटामेट भनिन्छ ।
अजिनोमोटोको अत्यधिक सेवन गर्दा शरीरमा यस्ता असरहरू देखा पर्छ ।
अनुहार, घाँटीमा झनझन गर्नु वा जलन हुनु,टाउको दुख्नु,पसिना आउनु,मुटुको धड्कन बढ्न,वाकवाकी महसुस गर्नु,बिरामी महसुस हुनु,छातीमा कमजोर महसुस गर्नु आदि हुन् ।
यदि तपाईँ हरेक दिन आफ्नो खानामा अजिनोमोटो प्रयोग गर्नुहुन्छ भने, यसले तपाईँको स्नायु प्रणालीलाई हानि पुर्याउन सक्छ । अजिनोमोटोमा सोडियमको मात्रा बढी हुने भएकाले यसको अत्यधिक सेवनले उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ ।
उच्च रक्तचापको समस्या भएका व्यक्तिले यसको सेवन गर्नु हुँदैन । उच्च रक्तचापको कारणले तपाईंलाई हृदय रोगको समस्या हुन सक्छ ।
यसले कुनै पनि खानेकुराको स्वाद सुधार्ने र त्यसमा स्वाद थप्ने भएकाले मानिसहरूले बढी खाने गर्छन्, जसले गर्दा तौल बढ्न सक्छ ।
यसमा कुनै प्रकारको पोषक तत्त्व समावेश हुँदैन, किनभने यो एक कृत्रिम एडिटिभ हो, जसले स्वाद मात्र बढाउन काम गर्दछ । यसकारण अजिनामोटोको सेवन सकभर नगर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया