मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कहाँ चुम्बन गर्दा के अर्थ लाग्छ ?

चुम्बनले तपाईँको प्रेम जीवनलाई आनन्दित बनाउने मात्र नभई यसले तपाईँको स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ ।

प्रेममा आनन्द प्राप्तिको लागि गरिने चुम्बनले तपाईँको स्वास्थ्यलाई पनि फाइदा पुग्छ भन्ने कुराले तपाईँलाई चुम्बनप्रति अझ सकारात्मक प्रभाव पर्न सक्छ । चुम्बनले भावनात्मक सम्बन्ध बनाउँछ । 

चुम्बन प्रेम व्यक्त गर्ने सबैभन्दा पुरानो र लोकप्रिय तरिका हो । तर कुन चुम्बनको के अर्थ लाग्छ, यो कमैलाई थाहा हुन्छ । यसबारे जानी राख्नुहोस् ।

– बिदा हुँदा र गुड लक विश गर्नको लागि फ्लाइङ चुम्बन गरिन्छ । यो सम्बन्ध बलियो बनाउन निकै प्रभावकारी हुन्छ । एक फ्लाइङ चुम्बन मानिसको सम्झनामा लामो समयसम्म रहन्छ ।

–   घाँटीको वरिपरि गरिने चुम्बनले अन्तरंगतालाई दर्शाउँछ । शारीरिक आकर्षणलाई दर्शाउने यो राम्रो तरिका हो । मानिसहरु निजी पल वा बेडरुममा आफ्नो पार्टनरको कलरबोनमा चुम्बन गर्नु सही ठान्छन् । आफ्नो यौनजन्य इच्छा दर्शाउनको लागि कानमा चुम्बन गरिन्छ । 

–  गालामा चुम्बन गर्नुले स्नेह झल्किन्छ । यसले सहयोगलाई प्रदर्शित गर्छ । यसका अलावा गालामा गरिने चुम्बन आकर्षणको पनि प्रतीक मानिन्छ । 

–  ओठमा गरिने चुम्बनले पार्टनरप्रतिको जुनून वा पागलपनलाई दर्शाउँछ । यो प्रेम व्यक्त गर्ने उत्कृष्ट तरिका हो । ओठमा गरिने चुम्बनले जोडी बीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ ।

–  निधारमा गरिने चुम्बनले पार्टनरप्रतिको बन्धनलाई दर्शाउँछ । निधारमा गरिने चुम्बनले कसैलाई उसको हरेक कठिन समयमा आफू उसको साथमा भएको सन्देश दिइन्छ ।

–  कोही आफूलाई मन परेको कुरा व्यक्त गर्नको लागि हातमा चुम्बन गर्छन । यसका अलावा हातमा गरिने चुम्बनलाई विश्वासको प्रतीक पनि मानिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?