मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन खानुपर्छ पहेँला रङ्गका खानेकुरा ?

हामी हरेक दिन विभिन्न प्रकारका खानेकुरा खान्छौँ । फलफूल र तरकारी सबै रङ्गीबिरङ्गी हुन्छन् । रङ्ग रङका खानेकुराको सेवनले शरीरलाई भिन्न –भिन्नै लाभ मिल्छ ।

रातो, पहेँलो, हरियो, बैजनी, सुन्तला, सेतो आदि रङका फलफूल, तरकारी र अन्नहरूमा कयौँ खालका पोषण, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छन् । यसलाई खाँदा धेरै किसिमका रोगबाट बच्न सकिन्छ । केही खानेकुरा क्यारोटिनोइड्स र फ्लेभोनोइड्स जस्ता प्राकृतिक पिग्मेन्टका कारण पहेँलो हुन्छन् ।

गाजर, पहेँलो भिडेँ खुर्सानी, कागती, केरा आदिमा क्यारोटिनोइड्स र फ्लेभोनोइड्स पाइन्छ । पहेँलो रङका खानेकुराको पनि स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छन् ।

आज हामी पहेँलो रङका खानेकुरा खाँदा हुने स्वास्थ्य लाभका विषयमा तपाईँहरूलाई जानकारी गराउँछौ ।

पहेँलो रङका फलफूल र तरकारी खानुका फाइदाहरू 

–पहेँलो भिडेँ खुर्सानी, केरा जस्ता पहेँला फल र तरकारीमा प्रशस्त मात्रामा भिटामिन सी र क्यारोटीनोइड्स जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन् । यसले शरीरमा फ्री रेडिकलको असर कम गर्न मद्दत गर्छ । फ्री रेडिकलले धेरै गम्भीर रोगहरूको जोखिम बढाउँछ ।

–कागती, सुन्तलाजस्ता पहेँलो रङका अमिला खानेकुरामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ र शरीरलाई गम्भीर रोग अनि सङ्क्रमणसँग लड्ने शक्ति पनि दिन्छ ।

–मकै, भिडेँ खुर्सानीजस्ता पहेँलो खानेकुरामा लुटेन, जेक्सान्थिन, एन्टिअक्सिडेन्ट पाइन्छ जुन आँखाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले उमेर बढ्दै जाँदा आँखामा देखिने म्याकुलर डिजेनेरेसनको जोखिमलाई पनि कम गर्न सक्छ ।

–आँप र सखरखन्डा जस्तो पहेँलो फलमा बीटा क्यारोटिन हुन्छ । यसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले पराबैंजनी किरणबाट हुने क्षतिलाई पनि कम गर्छ । अब आँपको सिजन शुरु हुन लागेको छ । दैनिक सीमित मात्रामा आँप खाएर यी फाइदा लिन सक्नु हुन्छ ।

–नियमित रूपमा केरा खानु पनि निकै स्वस्थकर हुन्छ । केरामा प्रचुर मात्रामा पोटासियम हुने भएकाले उच्च रक्तचापको समस्याबाट बचाउँछ । भूइँकटहरमा पनि पोटासियम पाइन्छ । यसले रक्तचाप नियन्त्रण गरेर मुटुलाई स्वस्थ्य राख्न सहयोग गर्छ । यसमा प्राकृतिक चिनी र कार्बोहाइड्रेट हुन्छ जसले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ ।

–बेसार लगायत पहेँलो मसलामा करक्युमिन पाइन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी तत्त्वहरू हुन्छन् जसले सुन्निएका ठाउँहरूलाई बसाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?