मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा’

सोलुखुम्बु – गत साउन ३२ गते शुक्रबार बिहानदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो । हिमाली भेग तुवाँलाले ढाक्नाका साथै बर्सात भइरहेको बेला हुस्सु पनि लागेको हुन्छ । तीन हजार आठ सय मिटर उचाइमा पर्ने थामेमा करिब ६५ परिवारको बसोबास गर्दै आएका छन् ।

थामे क्षेत्र सुन्दर र मनोरम उपत्यकाका र पर्यटकीय स्थलका रुपमा परिचित छ । गत साउन ३२ गते गाउँको माथिबाट ठूलो आवाज गर्दै लेदोसहितको बाढीपहिरो आयो । उच्च समस्थली भूभाग, थामेमा कृषि उत्पादन हुने गह्रामा बाढीपहिरोसँगै आएका ठूलाठूला ढुङ्गाहरु बसेका खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताए ।

“संयोग भन्नुपर्छ दिउँसोको समयमा घटना भयो । अफसिजन भएकाले पनि पर्यटक थिएनन् । त्यसैले मानवीय क्षति हुन पाएन । नाम्चेमा शुक्रबार हाट लाग्ने भएकाले दिउँसोको समयमा बाढी गएकाले स्थानीय नाम्चेबजार झरेका, कति गोठाला गएका थिए । बाढीपहिरोको कटानका कारण थामे बगरमा परिणत भएको छ । मन थाम्न सकिने अवस्था छैन”, नले भने।

थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही भदौ ५ गते काठमाडौँस्थित सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुईवटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि गरेको थियो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षाका कारण जलसतह बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको बताए । त्यहाँको पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको प्राविधरणको प्रारम्भिक अनुसन्धानले देखाएको उजले जानकारी दिए ।

हिउँ पग्लेकाले पानी र त्यसको केही छाल तल्लो तालमा गएर बजारिएर ठूलो रुप लिएको प्रमुख पोखरेलले उल्लेख गरे । उनका अनुसार यस बाढीबाट बीसभन्दा बढी घरहरूमा क्षति पुगेको छ । थामे आधारभूत विद्यालय, स्वास्थ्य चौकी र छात्रावास पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने बाँकी घरहरुमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए। उनका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा रहेको नौ सय ५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा सोही बाढले क्षति पु¥याउँदा करिब नौ सय घर अन्धकारमा बस्न बाध्य छन् ।

बाढी आएको भोलिपल्ट सङ्घीय सरकारका रक्षामन्त्रीसहितको टोली थामे गाउँमा पुगी प्रतिघर रु १५ हजारका दरले वितरण भएको रकमखुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको प्रजिअ खत्रीले बताए । “खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात बाढी आएको थियो । अहिले एक सयबढी विस्थापितलाई तल्लो थामेमा अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको छ”, उनले भने ।

बाढी पुनः आउनसक्ने जोखिमलाई दृष्टिगत गरी तीनवटा सुरक्षा निकायको सहयोगमा आंशिक क्षति भएका घरहरूबाट अत्यावश्यक सामान निकाल्ने काम भइरहेको प्रजिअ खत्रीले जानकारी दिए । पूरै थामे क्षेत्रमा ढुङ्गा, गिट्टी र लेदो मिश्रित गेग्रान भरिएकाले अप्रत्यक्ष रूपमा गाउँ प्रभावित बनेको उनको भनाइ छ ।

थामे गाउँमा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रजिअ खत्रीले बताए । उनका अनुसार थामेको शिरमा पाँचवटा साना–ठूला हिमताल छन् । गत साउनमा दुईवटा हिमताल फुटेको भन्दै अरू पनि जोखिममा रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । ६५ घरका करिब एक सय २० जना विस्थापित बनेका छन् । अहिले माथिल्लो थामे क्षेत्र ‘थामे थिङ’मा कोही आफन्तको घरमा, सामुदायिक भवन, गुम्बा र अन्यन्त्र बसिरहेका उनको भनाइ छ ।

पालिकाको केन्द्रबाट थामे पुग्न करिब १० घण्टा हिँड्नुपर्छ । गाउँ र सहर आवतजावत गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थाको गाउँमा बाहिरबाट राहत लगेर बाँड्न सहज नभएको प्रजिअ खत्रीले बताए । सिङ्गो गाउँ प्रभावित भएकाले आसपासका आफन्तले पनि धेरै दिन आश्रय दिनसक्ने अवस्था नरहेको भन्दै तत्काल बसोबासको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

गाउँका अधिकांश पुरुष पर्यटन व्यवसाय, वैदेशिक रोजगारीका क्रममा गाउँबाहिर छन । यहाँ धेरैजसो महिला र बालबालिका बस्छन् । जीवनभर दुःख गरेर जोडेको सम्पत्ति, घरघडेरी, लत्ताकपडा, गरगहनासहितका सामग्री बाढीले बगाएको स्थानीय तारा शेर्पाले दुखेसो पोखिन ।

तत्कालका लागि बासस्थान र भविष्यमा काम गर्ने वातावरण मिलाइदिन थामेका स्थानीयले सरकारसँग माग गरेका छन् । “सबैथोक गुमाएपछि हामीलाई जीविकोपार्जनमा समस्या भएको छ । आफन्तसँग आश्रय लिएर कति दिन बस्नेरु”, ताराले प्रश्न गने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?