गहिरो निन्द्रा र आरामदायी सुताइ हामीलाई आवश्यक छ । यदि सुताइ बिग्रियो भने दैनिकी मात्रै खलबलिँदैन, स्वास्थ्यमा समेत गम्भीर हानी पुर्याउँछ ।
एक अध्ययन अनुसार विश्वमा २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै कारण सुत्न सक्दैनन् ।
त्यस्तै ३९ प्रतिशत मानिस मात्रै आरामसँग सुत्ने गर्छन् । पर्याप्त निन्द्रा र आरामदायी निन्द्रा निदाउन नसक्नुको पनि विभीन्न कारणहरू हुन्छन् । हामी सबैको सुत्ने तरीका अलग–अलग हुन्छ ।
सुत्ने तरीकाले पनि हाम्रो निन्द्रा निर्धारण गर्छ । कतिपयको सुत्ने तरीका यस्तो हुन्छ जसकारण उनीहरू आरामदायी तवरले निदाउन सक्दैनन् । यसकारण आज हामी सुत्ने समयमा गर्ने नहुने गल्तीहरूको विषयमा जानकारी गराउँछौ ।
टेलिभिजन खोलेर सुत्ने
३८ प्रतिशत मानिसहरू बेडमा सुतेरै टेलिभिजन हेर्ने गर्छन्। तर, टेलिभिजन खोलेर सुत्दा तपाईँ भोलिपल्ट बिहान ढिलो उठ्ने सम्भावना त छँदै छ तपाईँको निन्द्रामा पनि असर गर्छ । यसरी सुत्दा तपाईँको सुताइको चक्रमा गम्भीर असर गर्नुका साथै गहिरो सुत्न सक्नुहुन्न । कहिलेकाहीँ बत्ती जाने र मध्यरातमा बत्ती आउँदा तपाईँ निन्द्रामा नै झस्कन सक्नुहुन्छ ।
राति कफी पिउने
कफिन आफैमा उत्तेजक पदार्थ हो । अलि कडा कफी खाएर सुत्दा कफीले सुताइको न्युरो ट्रान्समिटरलाई अवरोध गरिदिन्छ र इन्सोमेनिया निम्त्याइदिन्छ । त्यस्तै पकाएको चिनीले सुत्ने समयमा हर्मन नियन्त्रण गर्ने अङ्गलाई दबाब दिन्छ जसकारण तपाईलाई रातभर निन्द्रा नआउन सक्छ । तसर्थ रातको समयमा सकभर कफी नपिउनुहोस्। बेडमा जानु अघि त कदापि नपिउनुहोस्। बरु ट्राइफटोफान भएको खानेकुरालाई रातीको स्नायाक्सको रूपमा लिनुहोस् । दही, दूध, केरा, अण्डामा अत्यधिक मात्रामा ट्राइपटोफान हुन्छ ।
झुलेर बस्ने
झुल्ने विषयमा विभिन्न धारणाहरू रहेका पाइन्छन्। झुल्दा पनि केही मात्रामा सुत्न सकिने विभिन्न विज्ञहरूले बताएका छन् तथापि यो गलत धारणा हो । झुलेर बस्नु समयको बर्बादी हो । किनकि टेबुलमा उँघेर वा झुलेर आफ्नो निन्द्रा पुरा गर्न सकिँदैन।
घरपालुवा जनावरसँग सुत्ने
एउटा अध्ययन अनुसार घरपालुवा पाल्तु जनावरलाई सँगै राखेर सुत्ने मानिसहरूमध्ये ६३ प्रतिशत मस्तसँग सुत्न सक्दैनन्। तसर्थ सुत्दा जहिले पनि पाल्तु जनावरलाई सँगै राखेर नसुत्नुहोला । यदि यी जनावरहरूले अत्यधिक घुर्छन् भने भेटेरेनरी चिकित्सकको सहयोग लिनुहोस्। यी जनावरको र्याल र अन्य रोग मानिसमा सर्ने भएकोले पनि सँगै सुत्नु निन्द्रा मात्रा होइन स्वास्थ्यको हिसाबले पनि उचित छैन ।
अलार्म लगाउने
कतिपयले अलार्म लगाएर मध्यरातमा निन्द्राबाट ब्युँतिएर आफ्नो काम सकेर फेरि सुत्ने गर्छन्। विशेषगरी कलाकार, साहित्यकार तथा लेखकहरूले यस्तो गर्ने गर्छन्। तर यस्तो ब्रोकन स्लिपले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्छ । यस्तो सुताइले तपाई पूर्ण रूपमा सुतेको अनुभूति गर्न सक्नुहुन्न । यसरी सुत्दा तपाईँले अर्को छुट्टै सुत्ने चक्रको तयार गर्नुहुन्छ जुन अपूर्ण हुन्छ जसका कारण दिउसोभर तपाईँ कमजोर अनुभव गर्नुहुन्छ । तसर्थ मध्यरातमा अलार्म नबजाउनुहोस्। जरुरी काम छ भने पनि ठिक उठ्ने समयमा मात्र अर्लाम लगाउनुहोस्। सकभर आफैँ ब्युँतने प्रयास गर्नुहोस्।
बेडमा ग्याजेटको प्रयोग
एक अध्ययन अनुसार सुत्नुभन्दा अगाडि ७८ प्रतिशत मानिसले स्मार्ट फोन, ट्याब्लेट, ल्यापटप इत्यादिको प्रयोग गर्छन्।् तर, यी उपकरणहरूबाट उत्पादन हुने निलो प्रकाशले सुत्नका लागि सहयोग गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्न ढिलाइमात्र होइन कतिपय अवस्थामा उत्पादनै गर्दैनन्। तसर्थ बेडमा जाने बेलामा ग्याजेटस्हरुको प्रयोग नगर्नुहोस् ।
मदिरा सेवन
कतिपय अत्यधिक मदिरा पिएर सुत्ने गर्छन्। पिएर सुत्दा निन्द्रा नलाग्ने होइन । तर, यसरी सुत्दा बेहोस ढले जस्तो हुन्छ र भोलिपल्ट टाउको गह्रुंगो हुन्छ । मदिरा सेवन गरेर सुत्दा प्राय मानिसले सपना नदेख्ने पनि यही कारण बताइन्छ । तसर्थ सुत्न जाने बेलामा कहिल्यै पनि मदिरा सेवन नगर्नु उपयुक्त हुन्छ । एक युनिट मदिरा प्रोसेस गर्न शरीरलाई सामान्यतया १ घण्टा लाग्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया