काठमाडौँ– छायांकनमा नजाँदै चर्चामा रहेको फिल्म ‘एक्लो’ मा अभिनेता प्रदीप खड्का कल्कीको भूमिकामा देखिने भएका छन् ।
निर्माण टिमले बुधवार फिल्मको पोस्टर सार्वजनिक गर्दै उक्त पोस्टरमा प्रदीपलाई कल्कीको चरित्रमा प्रस्तुत गर्न लागिएको जनाएको हो ।
बिहीवार (भोलि) देखि छायांकनमा जान लागेको यो फिल्मलाई साइन्स फिक्सन जम्बी फिल्म भनिएको छ । यो जनरामा नेपालमा विरलै फिल्म निर्माण भएको पाइन्छ ।
प्रदीप शाहीको निर्देशनमा बन्न लागेको सो फिल्मलाई सन् २०२५ मा प्रदर्शनमा ल्याउने जनाइएको छ । यसअघि सार्वजनिक गरिएको पोस्टरमा प्रदीपलाई अन्तरिक्ष यात्रीको भूमिकामा देखाइएको थियो ।
फिल्ममा अभिनेता प्रदीप खड्काको शीर्ष भूमिका रहनेछ भने बेलायती अभिनेता जेमी बेकनले पनि अभिनय गर्नेछन् । फिल्मको छायांकनका लागि उनी मंगलवार नेपाल आइपुगेका छन् ।
साथै यो फिल्मबाट कविता नेपालीले पनि रजतपटमा डेब्यु गर्दैछिन् भने विजय लामाको पनि अभिनय रहनेछ । फिल्ममा वेनिषा हमालको पनि अभिनय रहने तय भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया