काठमाडौँ – सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूले अल नासरबाटै संन्यास लिने बताएका छन् ।
३९ वर्षीय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दै आफूले केही वर्षमा संन्यास लिने बताउँदै रोनाल्डोले सम्भवतः आफ्नो अन्तिम क्लब अल नासरनै हुने बताएका छन् ।
रोनाल्डोले आफू अल नासरमा खुसी रहेको बताउँदै साउदी लिग र देश दुवैमा आफू खुसीसाथ बसिरहेको प्रतिक्रिया दिएका छन् ।
रोनाल्डोले भनेका छन्- ‘मलाई थाहा छैन मैले कहिले संन्यास लिन्छु । त्यो छिट्टै, दुई-तीन वर्षपछि पनि हुन सक्छ । तर यो अल नासरमै हुनसक्छ । यो टिमसँग म अहिले खुसी छु । म लिग र देश दुवैसँग अहिले खुसी छु । त्यसैले मैले मेरो क्यारियर अल नासरमै अन्त्य गर्नेछु ।’
साथै रोनाल्डोले आफू भविष्यमा कुनै फुटबल टिमको प्रशिक्षक बन्ने कुरालाई अस्वीकार गरेका छन् । रोनाल्डो कुनै पनि फुटबल टिमलाई व्यवस्थापन गर्ने विषय जटिल विषय भएकोले आफूले अहिलेसम्म यस बारेमा नसोचेको बताएका छन् । उनले भनेका छन्- मेरो दिमागमा, म कुनै फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने कुरा नै छैन ।’
साथै रोनाल्डोले आफूले भविष्यमा फुटबल भन्दा बाहिर नै केही गर्ने बताएका छन् ।
२०२३ को जनवरीमा साउदी प्रो लिग क्लब अल नासरमा आएका रोनाल्डोले अहिलेसम्म कुनै ट्रफी नजितेपनि आफ्नो खेलबाट प्रभावित भने पारिरहेका छन् । उनले अल नासरका लागि अहिलेसम्म ६७ खेल खेल्दै ६१ गोल गरेका छन् भने १६ गोल असिस्ट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया