मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ – आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुँदै छ ।  फाइनल खेलमा नेपाल र बङ्गलादेश आमने सामने हुँदै छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको वर्षाका कारण दशरथ रङ्गशाला खेल्न योग्य नभएपछि फाइनल खेलपनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।

नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बङ्गलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपाल र बङ्गलादेश यस प्रतियोगिताको एकै समूह ए मा रहेका थिए । समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले अहिलेसम्म २०१५ र २०१७ मा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको भएपनि बङ्गलादेशले भने अहिलेसम्म यो उपाधि जितेको छैन । बङ्गलादेश अहिलेसम्म २०१७, २०१९ र २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?