काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’को आगामी अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन्
सन् २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड ‘बिसिसिआई’ को सचिव र सन् २०२१ देखि एसियाली क्रिकेट परिषद्को अध्यक्षका रूपमा काम गरेका शाहले सन् २०२४ डिसेम्बर १ देखि यो प्रतिष्ठित भूमिका ग्रहण गर्नेछन् ।
आइसिसीको मिडिया विज्ञप्तिअनुसार वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकाल नखोज्ने निर्णय गरेपछि शाह अध्यक्ष पदका लागि एक मात्र उम्मेदवार थिए ।
निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्ने मनसाय व्यक्त गरे । विशेषरूपमा लस एन्जलस २०२८ ओलम्पिकमा यसको आगामी समावेशका साथै एक क्षणमा खेलको विकासका लागि उहाँले महत्त्वपूर्ण अवसरका रूपमा हेरेका छन्।
“अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को अध्यक्षका रूपमा निर्वाचित भएकामा म विनम्र भएको छु”, आइसिसीलाई उद्धृत गर्दै उनले भने, “म क्रिकेटलाई अझ धेरै विश्वव्यापी बनाउन आइसिसी टिम र हाम्रा सदस्य मुलुकहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छु, हाम्रो लक्ष्य क्रिकेटलाई पहिलाभन्दा धेरै समावेशी र लोकप्रिय बनाउनु हो ।”
आइसिसीको नेतृत्व गर्ने शाह सबैभन्दा कम उमेरको व्यक्ति बनेका छन् । विगतमा आइसिसीको नेतृत्व गर्ने जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशाङ्क मनोहरजस्ता भारतीयमा पनि उनी सामेल भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया