मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘छुनुमुनु नेपाल-भारत बाल नाटक महोत्सव २०८१’हुँदै

काठमाडौँ– यही भदौ १४ गतेदेखि ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१’ आयोजना हुने भएको छ । छुनुमुनु नामक संस्थाको आयोजनामा करिब एक हप्ता सो नाटक हुन लागेको हो ।

नेपाल फिल्म क्याम्पसमा भदौ २० गतेसम्म महोत्सव हुने संस्थाले जनाएको छ । नेपाल र भारतका बाल कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको सो महोत्सवका निर्देशक प्रभाकर न्यौपानेले बताएका छन्।

स्कुलमा पढ्ने विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसहित मञ्च प्रदान गर्न आगामी दिनमा यसको निरन्तरताका लागि अगाडि बढिरहेको उनको भनाइ छ । छुनुमुनुले हालसम्म देशभरीका २८ वटाभन्दा बढी विद्यालयमा अध्ययनरत करिब तीन हजारभन्दा बढी विद्यार्थीहरूलाई रङ्गमञ्च र अभिनय सम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्दै आईरहेको उनले दाबी गरे ।

एक हप्तासम्म सञ्चालन हुने महोत्सव भारतका ड्रामा स्कुलहरू चार वटा, नेपालको ८ मध्ये उपत्यका ९बाहिर० २ वटा, सामुदायिक १ वटा र ५ वटा विभिन्न संस्थागत विद्यालयहरूका विद्यार्थीहरूले नाटक मञ्चन हुने छ ।

त्यस्तै कला निर्देशक राजन भुजेलले दुई देश बिचको सांस्कृतिक पक्ष आदानप्रदान कार्यशैली, नाटक, अन्तरसम्बन्धलाई अन्तराष्ट्रिय मञ्चसम्म पुर्याउने हेतुले बाल नाटक महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवको समन्वयकर्ताका रूपमा मानस निरौला रहेको सो कार्यक्रममा डियरवाक सिफल स्कुल, श्री चागुँनारायण माध्यामिक विद्यालय, नेक्सस इन्टरनेसनल एकेडेमी, बज्र एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी र भ्याली भ्यु स्कुल सह– आयोजक रहेको छ ।

त्यसैगरी, पहिलो दिन लेखक तथा निर्देशक राजन भुजेलको नाटक ‘फस्ट’ भ्याली भ्यु स्कुलका विद्यार्थीहरूको नाटक मञ्चन हुनेछ भने, दोस्रो दिन राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक ‘जुनेली’ तेस्रो दिन सबिन कट्टेलको निर्देशनमा रिभेरन स्कुलको नाटक ‘कालकोठरी’, चौथो दिन सबिन कट्टेलको निर्देशनमा नेक्सन एकेडेमीको नाटक ‘पोशाकु मञ्चन हुदैँछ ।

यसैगरी, कोलकत्ता ईएस्ओ नाटक शिखीको डा. तपस दासद्वारा निर्देशित नाटक ‘ए मेरो देश’ र पाचौँ दिन चाँगुनारायण माध्यामिक विद्यालयको मञ्जु गिरिद्वारा निर्देशित नाटक सीम्रिकको ‘अठोट’, त्यस्तै, सोही दिन निसम्बिता स्कुल अफ ड्रिमको डा राम होलागुण्डीद्वारा निर्देशित ‘मिट्टि कि खोलनी’ नाटक मञ्च हुदैँछ भने अन्तिम दिन एभरेष्ट स्कुलको सुमनजिवनद्वारा निर्देशित नाटक ‘सीबियु चरीु’र हरिकुल नाटक समुहको दिनेश राज शर्माद्वारा निर्देशित नाटक ‘मौन हल्ला’ मञ्चन हुने आयोजक संस्थाले जनाएको छ ।

त्यस्तै, महोत्सवमा करिब १० वटा नाटकहरू मञ्चन हुने जनाइएको छ । नाटकको प्रमुख अतिथिका रूपमा संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति निशा शर्मा रहनुहुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?