काठमाडाैँ- नेपाल ललितकला प्रतिष्ठानले थारु समुदायमा पुगेर अष्टिम्की चित्र चिनाउँदै लोकचित्र तथा मुर्तिकला कार्यशाला सँगसँगै प्रशिक्षण शुरु गरेकाे छ ।
प्रतिष्ठानका लाेककला विभाग प्रमुख प्राज्ञ प्रदीप अधिकारी जानकी गाउँपालिका, दुर्गौली, कैलालीमा पुगेर कार्यशाला र प्रशिक्षण शुरु गरेका हुन् । चार दिन सम्म चल्ने कार्यशालामा आज कृष्णअष्टमीको दिन प्रत्येक सहभागीले परम्परागत रुपमा व्रत बस्दै आ–आफ्नो घरको भित्तामा अष्टिम्की चित्र बनाउने छन ।

सोही चित्रहरुको बिचमा प्रतिस्पर्धा गराइ उत्कृष्टहरुलाई पुरस्कार वितरण समेत गरिनेछ ।
नेपालमा मनाइने लोकसंस्कृति अन्तर्गत विषेश गरी थारु समुदायले मनाउने अष्टिम्की पर्वको अवसरमा बनाइने अष्टिम्की चित्रकला एक विशेष लोककला मानिन्छ ।
यो चित्र प्रत्येक टोल अथवा घरमा बनाउने गरिन्छ । याे कला बनाउने व्यक्तिले बिहानैदेखि व्रत बसी खाली पेटमा बनाउने प्रचलन रहेको छ । नयाँ पुस्तामा परम्परागत तथा रैथाने संस्कृति ज्ञान र शिक्षाको कमी र उदासिनता देखिएकाेले कार्यक्रम गरिएकाे अधिकारीले बताए ।
कार्यक्रममा सैद्धान्तिक प्रसिक्षणमा डा. कृष्णराज सर्वहारी सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया