मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तरिक्षमा फसेका दुई यात्रीलाई कसरी पृथ्वीमा फिर्ता ल्याइँदैछ ?

काठमाडौँ– पछिल्लो दुई वर्षदेखि अन्तरिक्षमा फसेको सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई फिर्ता ल्याउने तयारी भइरहेको छ । उनीहरुलाई आगामी वर्ष सन् २०२५ को फ्रेबुअरी महिनामा फिर्ता ल्याउने गरी तयारी भइरहेको अमेरिकी स्पेस एजेन्सी नासाले जनाएको छ ।

नासाका अनुसार यी दुवै अन्तरिक्ष यात्री बोइङ स्टारलाइनर अन्तरिक्ष विमानमार्फत अन्तराष्ट्रिय स्टेशन (आईएसएस) मा पुगेका थिए । अब यी दुई फर्केने भएका छन् । उनीहरू गत ५ जुनमा अन्टरिक्षमा रहेको स्पेस स्टेशनका लागि उडान भरेका थिए ।

आठ दिनको मिसनसहित अन्तरिक्षका लागि उडेका उनीहरू विगत ८२ देखि त्यहीँ अल्झिएर बसेका हुन् ।

उनीहरू सवार स्टारलाइनर अन्तरिक्ष यान आइएसएसको नजिक पुग्नबित्तिकै समस्या देखिएको थियो । उक्त समस्यापछि उनीहरूलाई अर्को यानमा ल्याउने तयारी थालिएको थियो । उनीहरू सवार यानमा बाटो देखाउने पाँच थ्रस्टर्स पनि बन्द भएको थियो । यसमा राखिएको ग्याँस पनि सकिएको थियो ।

नासाले आफ्नो अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा लैजानको लागि बोइङ्गलाई ४ दशमदब दुई अर्ब डलर र एलन मस्कको कम्पनी स्पेस एक्सलाई २ दशमलब ६ अर्ब डलरमा सम्झौता गरेको छ ।

स्पेएक्समा दुई सीट खाली

एलन मस्कको निजी कम्पनी स्पेस एक्सले हालसम्म अन्तरिक्षमा नौवटा उडान भरिसकेको छ । बोइङ र नासाका इन्जिनियर स्टारलाइनर अन्तरिक्ष यानको समस्याबारे बुझ्नका लागि धेरै समय लगाएका थिए ।

उनीहरुले धेरै परीक्षण गरी आवश्यक डाटा संकलन पनि गरेका थिए । उनीहरुले सो समस्या समयमै पहिचान गरी फर्केने योजना बनाएका थिए ।

शनिबार नासाले पत्रकार सम्मेलन गरी एडमिनिस्ट्रेलर बिल नेल्सनले सो विमान सुधारको कार्य भइरहेको तथा नासा र स्पेस एक्स मिलेर काम गर्दै आएको बताएका छन् ।

उनले भनेका छन्, ‘अन्तरिक्ष उडान जोखिमको काम हो । तर, पनि यो सबैभन्दा सुरक्षित किसिमको रुटिन उडान हो । तर जब एउटा टेस्ट उडानको कुरा आउँछ । त्यसबेला न त सुरक्षित हुन्छ न त रुटिन । हाम्रो केन्द्रीय चासो सुरक्षा हो र त्यो हाम्रो मार्ग दर्शक हो ।’

अब स्पेस एक्स को बोइङ अन्तरिक्षयानबाट फर्कनका लागि स्पेस स्टेसनमा दुवै अन्तरिक्ष यात्रीको उपस्थितिको समय फेब्रुअरी २०२५ सम्म बढाउने निर्णय गरिएको छ ।

स्टारलाइनर रित्तै फर्किनेछ

नासाका अनुसार दुवै अन्तरिक्ष यात्रीहरु लामो समयका लागि यसअघि पनि दुईपटक अन्तरिक्षमा थिए र त्यसबेला पनि उनीहरु निर्धारितभन्दा लामो समय अन्तरिक्षमा बसेर उडानसँग सम्बन्धित जोखिमबारे जानकारी लिएका थिए ।

नासाले बीबीसीलाई दिएको जानकारी अनुसार छड वर्षे सुनीता विलियम्स र ६१ वर्षे विल्मोरले फिर्ता योजनालाई समर्थन गरेका छन् । अर्को केही महिना अन्तरिक्ष स्टेशनमा उनीहरु काम गर्न, अन्तरिक्षमा मर्मत सम्भार कार्य गर्न र सम्भवत स्पेस वाक गर्न पनि जानेछन् ।

बोइङको स्टारलाइनर अन्तरिक्षयानको विकासमा आएको अवरोधको कारण धेरै वर्ष ढिलाइ भइसकेको छ । यसअघि मानवरहित उडानमा पनि प्राविधिक समस्या देखिएको थियो ।

जब स्टारलाइनरमा हिलियम चुहावट हुन थाल्यो र जब यो आईएसएसमा पुग्यो, दुईवटा थप चुहावट हुन थाल्यो  । प्रक्षेपणको समयमा चुहावट सानो थियो । तर दोस्रो चुहावट पाँच गुणा ठूलो थियो ।

अन्तरिक्ष यान आईएसएस नजिक आइपुग्दा, २८ म्यान्युभरिङ थ्रस्टरहरू बन्द गरियो, चार पुनः सुरु भए । यसपछि, प्रोपलर प्रणालीमा हिलियम चुहावट भएको पत्ता लाग्यो । जमिनमा गरिएको अनुसन्धानले इन्धन दहन कक्षमा प्रवेश गर्नबाट रोक्नका लागि थ्रस्टर समस्या गर्मीको कारण टेफ्लोन सिल सुन्निएको थियो ।

बोइङका मार्क नापीका अनुसार यी समस्या मानवयुक्त उडान परीक्षणमा मात्र पत्ता लगाउन सकिन्छ । तर केही इन्जिनियरहरूले यो समस्या मानवरहित परीक्षण मिसन वा सवारी साधनको डिजाइनको प्रारम्भिक चरणमा पत्ता लागेको हुनसक्ने विश्वास गर्छन् ।

बोइङको विमानमा यो पहिलो समस्या होइन । सन् २०१९ मा यसको पहिलो मानवरहित उडान भएको थियो तर सफ्टवेयरमा गडबडीका कारण इन्जिन सुरु हुन सकेन र स्पेस स्टेशनसम्म पुग्न सकेन ।

२०२२ मा दोस्रो प्रयास गरिएको थियो । तर गाडीले फेरि केही थ्रस्टर र गाडीको कुलिङ सिस्टममा समस्याको सामना गर्‍यो । यसैबीच, बोइङको प्रतिद्वन्द्वी एलोन मस्कको स्पेसएक्सले चार वर्षअघि ड्र्यागन अन्तरिक्ष यान आईएसएसमा पुर्‍याएको थियो ।

पृथ्वीमा उड्ने बोइङका विमानमा भएका सम्भावित अनियमितताबारे अनुसन्धानको दायरा बढ्दै गएका बेला यो घटना बाहिरिएको हो ।

यो अतिरिक्त समयले स्पेसएक्सलाई आफ्नो अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्न समय दिनेछ, जसको उडान सेप्टेम्बरको अन्त्यको लागि निर्धारित छ । यसअघि यसमा चारजना अन्तरिक्ष यात्री जान लागे पनि अब दुई जना मात्रै अन्तरिक्ष स्टेशन जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?