कृष्णलाई अनेक मानिसले अनेक तरिकाले बुझेका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्ण एक अद्भुत क्षमता भएका शक्तिशाली पात्र हुन् ।
भगवान कृष्णको जीवन कैयौँ रहस्यले भरिएको मानिन्छ । उनीबारे विभिन्न रोचक कुराहरू छन् । आज हामी उनका जीवनका कयौँ रहस्यमध्येको एक रहस्यको बारे उल्लेख गरिएको छ । त्यो उनको उमेर ।
भगवान कृष्ण जब महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिइरहेका थिए तब उनको उमेर ९० वर्ष पुगेको थियो ।
महाभारतको युद्धका बेला भगवान कृष्ण हजुरबा बनिसकेका थिए । तर पनि युद्धका दौरान उनी जवान देखिन्थे । आद्य पूराण पुरुष नव यौवनः, ब्रह्म संहिताको श्लोकमा कृष्णको उमेरबारे वर्णन गरिएको छ । जसअनुसार कृष्णको छवि उनका भक्तजनहरूमा सधैँ नौजवान कै रह्यो । र सधैँ रहने छ ।
उनलाई परम पुरुषोत्तम भगवान मानिन्छ । किनकि उनी सर्वाकर्षक हुन् । हाम्रो अनुभव अनुसार यो देख्छौँ कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ ।
जोसुकैसँग यी ६ ऐश्वर्य एकसाथ असीम मात्रामा हुन्छ, यो सम्झनु पर्यो कि त्यो परम पुरुषोत्तम भगवान हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया