काठमाडौँ – फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । जीवन सिंहले चलचित्र निर्देशन गर्ने यो फिल्मको आज घोषणा गरिएको हो । उनको यो डेब्यु फिल्म समेत हो ।
फिल्मको मुख्य भूमिकामा अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’ लगायत चलचित्रमा काम गरिसकेका छन् । अन्य कलाकारबारे केही दिनपछि गराइने बताइएको छ ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।
फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । सत्य कथामा आधारित हुने यो फिल्म रोचक र रमाइलो बन्ने निर्माण पक्षको अपेक्षा छ । चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ ।
चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको छ । चलचित्रको छायाङ्कन पश्चिम नेपालमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया