मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?

कहिले काँही कुनै कारणले आफ्नो जिमेल अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराएको हुन सक्छ । जसमा तपाईका काम वा व्यक्तिगत जिवन सँग सम्बन्धित संवेदनशील जानकारीहरु हुन सक्दछन् ।

यस्तो अवस्थामा गूगल अकाउन्ट लग इन भइरहँदा आफ्नो निजी धेरै जानकारीहरु अरूको हातमा पुग्न सक्ने डर हुन सक्छ ।त्यसैले यस्तो अवस्थामा तपाईको हराएको डिभाइसबाट जतिसक्दो छिटो जिमेल एकाउन्ट लगआउट गरिहाल्नु आवश्यक हुन्छ ।

यसका लागि तपाईले गूगल प्राईभेसी फिचर प्रयोग गरेर जहाँबाट पनि मोबाइल वा अन्य डिभाइसबाट अकाउन्ट लग आउट गर्न सक्ने सुविधा छ । 

कसरी त ?

यसका लागि तपाईले निम्न विधि अबलम्बन गर्नुपर्दछ :

– कुनै डिभाइसमा ब्राउजर खोलेर आफ्नो जिमेल एकाउन्ट लगइन

– त्यसपछि त्यहाँ रहेको प्रोफाइल आइकनमा क्लिक गरी Manage your Google account अप्सनमा जानुहोस् ।

Security ट्याबमा गएर Manage Devices अप्सनमा क्लिक गर्नुहोस् जुन Your Devices खण्डको पिँधमा हुन्छ ।

– त्यसपछि तपाईले जुन डिभाइसबाट जिमेल लगआउट गर्न चाहनुभएको हो, अर्थात् जुन डिभाइस हराएको वा चोरी भएको हो उक्त डिभाइसको नामको दायाँ माथिपट्टि रहेको तिनवटा थोप्लाको चिन्हमा क्लिक गर्नुहोस् र त्यसपछि देखा पर्ने Sign Out मा क्लि गर्नुहोस् ।

– त्यसपछि तपाईले साँच्चीकै साइन आउट गर्न चाहुनभएको हो ? भनेर प्रश्न सोधिन्छ । त्यसलाई एकिन गराउनका लागि पुनः Sign Out मा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि तपाईले तपाईको हराएको डिभाइसबाट आफ्नो गुगल एकाउन्ट साइन आउट गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?