स्मार्टफोन कम्पनीहरूले आफ्ना फोनलाई बढी भन्दा बढी सुरक्षित गराउने प्रयत्न गरे पनि प्रयोगकर्ताको लापरबाही तथा अन्य विद्युतजन्य कारणहरूले बेलाबेलामा फोन पड्किने घटना सुन्ने गरिन्छ । यसका विभिन्न कारण हुन सक्छन् ।
फोन पड्किनुको एउटा प्रमुख कारण चाहिँ यसको ब्याट्री हो । आधुनिक स्मार्टफोनमा लिथियम आयोन ब्याट्री हुन्छन् जसमा धनात्मक र ऋणात्मक इलेक्ट्रोडका बीचमा सटिक सन्तुलन कायम गरिएको हुन्छ र सजिलैसँग चार्ज गर्न पनि सकिन्छ ।
यस प्रकारका ब्याट्रीहरू बढी विस्फोटक हुन्छन् । विज्ञहरूका अनुसार मोबाइल ब्लास्ट वा मोबाइलको ब्याट्री ब्लास्ट हुनुको एउटा कारण लिथियम आयन ब्याट्रीमा उत्पन्न हुने ताप हो । फोनमा रहेको यस प्रकारको ब्याट्रीले कुनै पनि अवस्थामा विस्फोट गराउन सक्छ ।
चार्जिङ सर्किट वा ब्याट्रीमा उत्पन्न हुने तापका कारण पनि मोबाइल ब्लास्ट हुन सक्छ । वास्तवमा ब्याट्रीमा रासायनिक क्रियाका कारण केही ताप उत्पन्न हुन्छ । यो ताप इलेक्ट्रोलाइट क्षेत्रमा फैलिन सक्छ । कुल मिलाएर, इलेक्ट्रोलाइटमा उच्च तापक्रमले ब्याट्रीको केस विस्फोट गराउँछ ।
मोबाइल ब्लास्ट हुनुको कारण फोन निर्माताहरूले सुरक्षा सावधानी नअपनाउनु हो । प्रयोगकर्तालाई आकर्षित गर्न, फोनको वजन कम गर्न ध्यान दिइन्छ ।
यही कारण पातलो फोन बनाउने दौडमा यस्ता घटना पनि भइरहेका छन् । कतिपय अवस्थामा, ब्याट्री इलेक्ट्रोड सर्ट भएर मोबाइल ब्लास्ट हुन्छ ।
कम गुणस्तरको चार्जर प्रयोग गरेर मोबाइल फोन चार्ज गर्दा पनि विस्फोट हुने सम्भावना हुन्छ । त्यसै कारण प्रयोगकर्तालाई गुणस्तरीय र आफूले प्रयोग गर्ने ब्राण्डकै चार्जर खरिद गर्न सुझाव दिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया