सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप पनि हुने गर्दछ । तपाईँले ती एपमा सेक्योर लक प्रयोग गर्नुभएको छ भने पनि अनलक गर्न सफल भएमा तपाईँको निजी जानकारी कसैले हेरिदिन सक्छ ।
यस्तो अवस्थामा यस्ता एपलाई लुकाउनु नै सजिलो उपाय हुनसक्छ । आज हामी यस्तै उपाय बताउँदै छौ जसको माध्यमबाट तपाईँले मोबाइलमा रहेको एपलाई डिलिट वा इन्स्टल नगरीकनै लुकाउन सक्नुहुन्छ।
अर्थात आफूले चलाउने कुनै प्राइभेट र सिक्रेट एपहरु छन् भने पनि तिनीहरूलाई अरूले हेर्न नमिल्ने बनाउन सकिनेछ।
तपाईँको मोबाइल चोरी हुँदा वा कसैले मोबाइल अनलक स्थितिमा यो फाइदाजनक हुनेछ। यसबाट, तपाईँ बाहेक अरू कसैले तपाईँको निजी डाटा हेर्न सक्षम हुनेछैन।
यसका लागि यसका लागि सर्वप्रथम स्मार्टफोनको सेटिंगमा जानुहोस् । अब स्क्रोल गर्दै गएर प्राईभेसी ट्याबमा जानुहोस्। जसमा हाइड एप अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यति गरेपछि अर्को स्क्रीनमा प्राईभेसी पासवर्ड हाल्नुपर्ने हुन्छ ।
यहाँ तपाईँले विभिन्न एपको सूची देख्न सक्नुहुनेछ र यसबाट आफूलाई लुकाउन मनलागेको एपलाई छान्नुपर्ने हुन्छ र टगल अन गर्नुपर्ने हुन्छ । अब डिन एपका लागि पासकोड राख्नुपर्ने हुन्छ ।
यो पासकोड ह्यासट्यागबाट सुरु र अन्त्य भएको हुनुपर्ने हुन्छ । यही पासकोडले तपाईँको फोनको हिड्डन एपहरुलाई हेर्न दिन्छ । यति गरेपछि तपाईँले छनोट गरेको एप हराउने गर्दछ ।
एपलाई चलाउनु पर्दा लुकेको एपलाई तपाईँले फोनको डायल प्याडमा पासकोड हालेर प्राप्त गर्न सक्नुहुनेछ । पासकोड हालेपछि लुकाइएको एप आफै चल्ने गर्दछ । तपाईँले फोनमा एप छैन जस्तो देखाउनका लागि एपको नोटिफिकेसन पनि अफ गर्न सक्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया