मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्टरनेट बिनै यसरी प्रयोग गर्नुहोस् गुगल म्याप

अहिले लोकेसनका लागि गुगल म्याप प्रयोग गर्नेहरूको सङ्ख्या निकै बढ्दो छ । यसबाट तपाईँ अरूसँग कुनै लोकेसन शेयर गर्न सक्नुहुन्छ भने कुनै नयाँ ठाउँसम्म पुग्नु छ भने पनि गुगल म्यापको नेभिगेसन टुल नै तपाईंको गाइड बनिदिन सक्छ ।

तर कतिपय समयमा प्रयोगकर्तालाई लोकेसन शेयर गर्न तथा कुनै लोकेसन पत्ता लगाएर पुग्ने मामिलामा हैरानी पनि आउन सक्छ । यदि तपाईंको फोनमा इन्टरनेट चलिरहेको छैन भने गुगल म्याप प्रयोग गर्न मुस्किल हुन सक्छ ।

तपाईँलाई थाहा नहुन सक्छ, गुगल म्याप इन्टरनेट नहुँदा समेत प्रयोग गर्न सकिन्छ । तर कसरी ?

यसका लागि सर्वप्रथम आफ्नो एन्ड्रोइड फोन वा ट्याब्लेटमा गुगल म्याप्स एप खोल्नुहोस् । यसपछि इन्टरनेट कनेक्ट गर्नुहोस् र गुगल म्याप्समा साइन इन गर्नुहोस् ।

अब तपाईँले डाउनलोड गर्न चाहनु भएको स्थान खोज्नुहोस् । त्यसपछि तल जानुहोस्, स्थानको नाम वा ठेगानामा ट्याप गर्नुहोस् । अब डाउनलोड गर्नुहोस् ।

यदि तपाईँले रेस्टुरेन्ट जस्तो ठाउँ खोज्नुभयो भने थप अप्सनका लागि तीन वटा थोप्लामा ट्याप गर्नुहोस् । त्यसपश्चात् अफलाइन नक्सा डाउनलोड गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?