सुखद यौन जीवनको लागि केही कुराहरू जान्न जरुरी हुन्छ । किनकि सुरुवात राम्रो भयो भने अन्त्य पनि रमाइलो हुन्छ । जब सेक्सको कुरा आउँछ, रोमान्स पनि सँगसँगै आउँछ ।
सेक्स भनेको यौन सम्पर्क मात्रै हुनु हुँदैन । यद्यपि, अधिकांश पुरुष प्रवेशमा ध्यान केन्द्रित गर्छन् । जसका कारण उनीहरूको यौन जीवनमा कुनै रमाइलो रहँदैन र चाँडै उनीहरू थकित हुन्छन् ।
यौन आनन्दका लागि यी कुरामा ध्यान दिएमा चरम आनन्द लिन सकिन्छ ।
– सेक्सका लागि सकारात्मक हुन एकदम महत्त्वपूर्ण हुन्छ । दिमागलाई तनावमुक्त बनाउनका लागि राम्रो कुराकानी गर्नुहोस् । तपाईँले रोमान्टिक कुरा गर्ने, पार्टनरको प्रशंसा गर्ने गर्नुस् ।
– तपाईँले पार्टनरलाई जति धेरै समय दिनुहुन्छ, त्यति नै यौन आनन्द लिन सक्नुहुन्छ । रोमान्टिक मुड बनाउन समय आवश्यक हुन्छ । त्यसैले हतार नगरी पहिला आफ्नो पार्टनरसँग राम्रो समय बिताउने प्रयास गर्नुहोस् ।
– कतिपय मानिसहरु ओछ्यानमा जाने बित्तिकै अचानक काखमा टाँसिन्छन् । त्यसो गर्दा पार्टनरलाई मन नपर्न सक्छ । त्यसैले पार्टनरको हात समातेर कुराकानी गर्दै, शरीरलाई छुनुहोस् ।
– हात समात्नु बाहेक, तपाईँ आफ्नो पार्टनरको कपालमा हातले सुमसुम्याउनु सक्नु हुन्छ । महिलाले आफ्नो कपाल सुमसुम्याएको मन पराउँछन् । जसले मुड बनाउन सहयोग गर्दछ । यसले तपाईँको पार्टनरलाई राम्रो महसुस गराउनेछ । तर राति अबेरसम्म यसो गर्दा पार्टनरलाई निद्रा नलाग्न सक्छ । धेरै बेर सम्म नगराउनुहोस् ।
– जब तपाईँ आफ्नो पार्टनरसँग हुनुहुन्छ, कोठामा मधुरो प्रकाश राख्नुहोस् । साथै आफ्नो आँखा बन्द गरी महसुस गर्नुहोस् ।
– पार्टनरसँग ओछ्यानमा जाने बित्तिकै तुरुन्तै आफ्नो लुगा खोल्न आवश्यक छैन । सबै भन्दा पहिले कुरा गर्नुहोस् । केही समय पछि आफ्नो पार्टनरको अङ्गहरूलाई सुमसुम्याउनुहोस्, तर तुरुन्तै लुगा नखोल्नुहोस् । पछि, बिस्तारै लुगा खोल्नुहोस्, यसो गर्दा रोमान्टिक मुड बन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया