मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईफोन १६ सिरिज निर्माणका लागि एप्पलले किन रोज्यो चीन ?

काठमाडौँ –  आइफोन उत्पादनका लागि आफ्नो ध्यान चीनबाट भारतमा सारेको एप्पलले आईफोन १६ सिरिजका लागि भने चीन रोजेको छ । 

ब्लूमबर्गको रिपोर्टका अनुसार एप्पले गत आर्थिक वर्षमा भारतमा १४ अर्ब अमेरिकी डलर बराबरको आइफोन उत्पादन गरेको थियो । तर पछिल्लो रिपोर्टले भने एप्पलले आईफोन १६ सिरिजको निर्माणको लागि आफ्नो ध्यान चीनमा फर्काएको दावी गरेको छ। 

एप्पलले आईफोनहरू उत्पादन गर्नको लागि फक्सकनसँग काम गर्दै आएको छ। सो कम्पनीले चीनमा रहेको आफ्नो एउटा कारखानामा ठूलो मात्रामा कर्मचारी भर्ती सुरु गरेको जनाइएको छ । जसले देशमा फक्सकन फिर्ता भएकोबारे उद्योगको ध्यान तानेको उल्लेख गरिएको छ।

यसका पछाडी आपूर्ति शृङ्खलालाई मुख्य कारण मानिन्छ । किनभने एप्पलले अझै पनि भारत र भियतनाममा आफ्ना उत्पादनका लागि चीनबाट पार्टपुर्जा आयात गर्नुपरेको छ। साथै उच्च यातायात लागतले आईफोनको समग्र उत्पादन लागत बढाउने थप उल्लेख गरिएको छ।

त्यसैगरी चीनको तुलनामा भारत र भियतनाममा विद्युत् आपूर्तिको पूर्वाधार पनि अपेक्षाकृत कमजोर रहेको जनाइएको छ। फलस्वरूप, कारखानाहरूले प्रायः विद्युत् कटौतीको सामना गर्नुपर्ने भएकाले उत्पादन क्षमता र दक्षतामा बाधा पुर्‍याउने उल्लेख गरिएको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?