आत्मविश्वासले भरिएको व्यक्तिले आफ्नो निर्णय आफैँ लिने मात्र होइन, सकारात्मक ऊर्जा पनि उत्सर्जन गर्छ ।
यस्तो व्यक्ति कठिन परिस्थितिमा पनि डराउँदैन । त्यसैले हरेक व्यक्तिलाई आफूमा आत्मविश्वास होस् भन्ने लाग्छ । आज हामी आत्मविश्वास कसरी बढाउने भन्ने विषयमा चर्चा गर्नेछौँ।
आत्मविश्वास बढाउनका लागि आफ्नो क्षमतामा विश्वास गर्नु पहिलो कदम हो । हरेक व्यक्तिमा केही न केही विशेषता र क्षमता हुन्छन् । आफूमा भएका सकारात्मक एवं सबल पक्षलाई चिनेर त्यसप्रति विश्वास राख्नुपर्छ ।
त्यसका लागि आफूलाई अर्को मानिससँग तुलना गर्नु या साथीको कमाइसँग आफ्नो कमाई तुलना गर्न छोड्नपर्छ । यदि तपाईँलाई अरू कसैको जीवन देखेर ईर्ष्या महसुस हुन्छ भने उक्त समयमा आफूले जीवनमा प्राप्त गरेका सफलता या आफूले जीवनमा गरेका कोसिसहरू सम्झिनुहोस्।
त्यस्तै तपाईँले धेरै समय बिताउने मानिसहरूले तपाईँको विचार र मनोवृत्तिलाई प्रभाव पार्न सक्छ। त्यसकारण, सधैँ सकारात्मक व्यक्तिहरूको सङ्गत गर्नुहोस् । यदि तपाईँ कोही व्यक्तिसँग भेट्दा या गफ गर्दा सकारात्मक महसुस गर्नु हुन्न भने त्यस्ता मान्छेलाई भेट्न छाड्नु होस्।
आत्मविश्वास बढाउने प्रमुख र महत्त्वपूर्ण पक्ष डरहरूको सामना गर्नु हो। आफूले गरिरहेको काममा डर नमानी त्यसलाई प्रयासको रूपमा लिनुहोस्। कुनै काम गर्दा गल्ती नै भए पनि गल्तीहरू बाट सिक्न सकिन्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त आफूलाई असहज लाग्ने कामहरू गर्न छाड्नुहोस्। आ तपाईँको आत्मविश्वास घटाउने खालका गतिविधिहरूलाई अस्वीकार गर्नु ठिक हुन्छ।
सामाजिक र भावनात्मक सीमाहरू सेट गर्नाले तपाईँलाई मनोवैज्ञानिक रूपमा सुरक्षित महसुस गर्न सक्षम बनाउँछ। यसले तपाईँलाई नियन्त्रणमा थप महसुस गर्न पनि मद्दत गर्न सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया