काठमाडौँ – नुन र चिनीमा माइक्रोप्लास्टिक पाइएको छ । जसका कारण धेरै शारीरिक समस्या आउन सक्छ । भर्खरै गरिएको एक अनुसन्धान अनुसार हरेक नुन र चिनी ब्रान्डमा प्लास्टिकका साना कणहरू हुन्छन्। जुन मानव शरीरका लागि निकै हानिकारक हुन्छ । यसका लागि चिकित्सकहरूले धेरै चिनी र नुन खान निषेध गरेका छन्
चिकित्सकहरुका अनुसार यदि तपाईले धेरै नुन र चिनी खानुभयो भने तपाईको शरीर माइक्रोप्लास्टिकको सम्पर्कमा आउने गर्दछ । जसका कारण तपाईलाई धेरै स्वास्थ्य समस्या हुन सक्छ ।
यसले मुटु, पाचन र क्यान्सर जस्ता गम्भीर रोग निम्त्याउन सक्छ। अर्को पटक जब तपाइँ सलाद, कफी, चिया वा अन्य चीजहरूमा चिनी र नुन थप्ने सोच्नुहुन्छ, तब एउटा कुरा दिमागमा राख्नुहोस् कि तपाई माइक्रोप्लास्टिक खाँदै हुनुहुन्छ।
अत्याधिक नुनको सेवनले मुटु सम्बन्धी रोग लाग्न सक्छ । त्यसैले जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्छ । किनभने तपाईंको आहारले तपाईंको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ।
खानासँग सम्बन्धित गल्तीहरूले तपाईंलाई बिरामी बनाउन सक्छ। उदाहरणका लागि खानामा बढी नुन, चिनी र अस्वस्थ बोसोले मुटुसँग सम्बन्धित रोगहरू बढाउँछ। यसको अत्यधिक मात्राले समग्र स्वास्थ्यमा हानि पुर्याउँछ।
अत्याधिक नुन र चिनीका कारण यस्ता रोगको जोखिम बढ्छ
अत्याधिक नुनको सेवनले मुटु सम्बन्धी रोग लाग्न सक्छ । त्यसैले जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्छ । किनभने तपाईंको आहारले तपाईंको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। खानासँग सम्बन्धित गल्तीहरूले तपाईंलाई बिरामी बनाउन सक्छ। उदाहरणका लागि खानामा बढी नुन, चिनी र अस्वस्थ बोसोले मुटुसँग सम्बन्धित रोगहरू बढाउँछ। यसको अत्यधिक मात्राले समग्र स्वास्थ्यमा हानि पुर्याउँछ।
नुनमा सोडियम हुन्छ । जसका कारण खानामा यसको अत्याधिक प्रयोग गर्दा शरीरमा नराम्रो असर पर्छ । जसका कारण शरीरमा तरल पदार्थको मात्रा बढ्न थाल्छ । यही कारणले गर्दा आजकल सानै उमेरमा उच्च रक्तचाप र हृदयाघातको जोखिम बढ्दै गएको छ ।
प्राकृतिक चिनी मुटु र शरीर दुवैका लागि राम्रो हुन्छ तर कृत्रिम चिनीले शरीरलाई धेरै किसिमले हानी गर्छ। जब शरीरमा चिनीको मात्रा बढ्छ, यसले हृदय र रक्त नलीहरूमा धेरै तनाव दिन्छ, जुन धेरै हानिकारक साबित हुन सक्छ। चिनीको अत्याधिक सेवनले उच्च रक्तचापको जोखिम निकै बढ्छ । जसका कारण मधुमेह र मोटोपना पनि बढ्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया