दमौली – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको र बसमा भारतीय पर्यटकहरु सवार रहेका थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १८ जनाको शव निकालिएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १२ जना घाइतेको उपचार टिचिङ अस्पताल काठमाडौँमा र ९ जनाको उपचार स्थानीय अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको जानकारी दिएका छन् । घाइते १२ जनालाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ पुर्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया