मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फलफूलहरू नधोईकन खाँदा हुनसक्छ यस्तो स्वास्थ्य समस्या

हरेक फलफूल र तरकारीहरू पखालेर सफा गरेर मात्रै सेवन गर्नुपर्छ । बगैँचा वा पसलबाट फलफूल र तरकारीहरू किनेर ल्याएपछि तिनीहरूलाई राम्रोसँग धोएर प्रयोग गर्नुपर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । 

तर, यसलाई धुने सही तरिका थोरैलाई मात्र थाहा हुन्छ । खानु र पकाउनु अघि फलफूल र तरकारीहरूलाई सही तरिकाले धोएर तिनीहरूमा लागेको फोहोर सफा गर्न सकिन्छ र यसले धेरै रोगहरूको जोखिम कम गर्ने खाद्य विशेषज्ञहरू बताउँछन् ।

खेत–बारीबाट हाम्रो भान्सासम्म आइपुग्ने तरकारीहरू र फलफूलहरू लिस्टेरिया, ईकोली, साल्मोनेला साथै हेपेटाइटिस ए र नोरोवायरस जस्ता विभिन्न रोगजन्यबाट दूषित हुन सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । यो हटाउनका लागि चिसो र सफा पानीले फलफूल र तरकारी धुनुहोस् । 

फलफूल र तरकारीहरू धुने सही तरीका 

तरकारीहरू र फलफूलहरू धुनको लागि ठूलो भाँडो लिनुहोस् । यसमा पानी हालेर दुईदेखि पाँच मिनेटको लागि फलफूल र तरकारीहरूलाई छोड्नुहोस् । 

एक अनुसन्धानमा पाइएको छ कि धुनुअघि फलफूल र तरकारीहरूलाई भिजाएर राख्दा तिनीहरूमा ब्याक्टेरियाको सङ्ख्या धेरै कम हुन्छ । त्यसपछि खानुअघि पनि सफा पानीले राम्रोसँग सफा गर्नुहोस् । 

यसरी तपाईँहरूले फलफूल र तरकारीहरूको सेवन गर्दा स्वस्थवद्र्वक रहन्छ । साथै फलफूलहरू पनि समय मिलाएर खाए मात्रै फाइदाजनक हुन्छ । अन्यथा यो पनि शरीरको लागि घातक हुनसक्छ । 

आयुर्वेदले अन्य खानाहरू जस्तै फलफूल खानको लागि समेत विभिन्न नियम बताएको छ । अमिलो फललाई छाडेर अरू सबै किसिमको फलहरू बिहान खाली पेटमा खानु नै स्वस्थकर हुन्छ ।

यसरी बिहान खान सक्ने फलफूलमा केरा, नासपती आदि पर्छन् । खासगरी स्याउलाई बिहानको समयमा खानु राम्रो हुन्छ । यसमा प्रोटिन हुन्छ । जसले हाम्रो आँतलाई स्वस्थ राख्ने गर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?