एउटा रुखको मूल्य कति पर्ला ? वा संसारकै सबैभन्दा महँगो रूख कुन होला ? तपाईँको मनमा कहिल्यै यो प्रश्न खेलेको छ ? छ भने आज हामी यसको उत्तर दिँदै छौँ ।
यो रूखको मूल्य यति धेरै महँगो छ कि, त्यो किन्ने पैसाले तपाईँ कैयौँ महँगा गाडी र घर पनि किन्न सक्नुहुन्छ ।
यो जापानमा पाइन्छ जसको नाम सेतो पाइन बोनसाई हो ।
बोनसाई एउटा सानो रूख हुन्छ जसको मूल्य केही हजारदेखि लिएर करोडौँसम्म हुने गर्छ । लगभग २ फिटको मात्रै हुने यस्ता रूखलाई एउटा सानो भाँडोमा लगाउन सकिन्छ ।
यसले न त फल दिन्छ न त यसको काठ कुनै काममा उपयोग हुने गर्छ । बोनसाई रूखलाई एउटा कला वा चित्र जस्तै हेर्ने गरिन्छ । साथै, यो सजावटका लागि मात्र प्रयोग हुन्छ ।
जापानको हिरोसिमामा एउटा ४०० वर्ष पुरानो बोनसाईको रूख छ । जुन विश्वकै सबैभन्दा महँगो रूख हो । यस्ता रूखहरू जति पुरानो हुन्छ त्यति यसको मूल्य पनि बढ्दै जान्छ ।
केही समयअघि जापानको ताकामात्सुमा भएको एक अन्तर्राष्ट्रिय बोनसाई सम्मेलनमा उक्त ४०० वर्ष पुरानो बोनसाई रूखलाई करिब नेपाली १४ करोड रुपैयाँमा खरिद–बिक्री गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया