मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छोरा र छोरी बीचको विभेद मैले भोगिनँ तर देखेकी छु: मलिका महत

काठमाडौँ– अभिनेत्री मलिका महत अभिनित फिल्म ‘सतीदेवी’ आज (शुक्रवार) देखि प्रदर्शनमा आएको छ । यो फिल्ममा मलिकाले शीर्ष भूमिका निभाएकी छिन् ।

परिवारमा छोरी मात्र जन्मिँदा समाजले कसरी हेप्छ भन्ने कथा बोकेको यो फिल्ममा मलिकाले छोरी हुँदाको पीडालाई पर्दामा उतारेकी छिन् । फिल्मलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् ।

फिल्ममा छोरी भएकै कारण पीडा भोग्ने पीडित युवतीको भूमिकामा देखिए पनि वास्तविक जीवनमा भने उनले यस्तो भोग्नु नपरेको जोय नेपाललाई बताइन् ।

वास्तविक जीवनमा छोरी भएकै कारणले परिवारमा पीडा भोग्नुपरेको छ? भन्ने प्रश्नमा उनले भनिन्, ‘मेरो परिवारमा त्यस्तो छैन, तर यो समस्या ग्रामीण भेगमा मात्र नभएर शहरमा पनि हुने गरेका छन् । छोरा र छोरी बीचको विभेद मैले भोगिनँ तर देखेकी र सुनेकी छु ।’

उनले यस्ता दृश्य सामाजिक दबाबका कारणले घट्ने गरेको समेत बताइन् । साथै उनले फिल्म ‘सतीदेवी’ हेरेर दर्शकले छोरा र छोरीमा भेदभाव नगर्ने पनि बताइन् ।

‘मलाई फिल्मको स्किृप्टले पनि निकै मन छोएको हो, कथामा पावर देखेर नै फिल्ममा अभिनयका लागि राजी भएँ,’ उनले भनिन् ।

छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर तयार गरिएको नेपाली चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत शीर्ष भूमिकामा छिन् । यसले लैङ्गिक विभेद, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरेको छ ।

फिल्ममा महतका अलावा सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटाको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?