मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्राइडे रिलिज

प्रदर्शनमा आए ‘सतीदेवी’ र ‘नमेटिने घाउ’, कस्तो रहला केपी ओली र माधव नेपालको डेब्यु?

काठमाडौँ – आजदेखि दुई फिल्म  ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ सार्वजनिक प्रदर्शनमा आएका छन् । फरक विधामा तयार पारिएका यी दुवै फिल्मले महिला सशक्तीकरणको विषयलाई केन्द्रमा राखेका छन् ।

‘सतीदेवी’लाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छन् भने ‘नमेटिने घाउ’लाई रमित ढुङ्गानाले निर्देशन गरेका छन् । 

छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर तयार गरिएको नेपाली चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत शीर्ष भूमिकामा छिन् । यसले लैङ्गिक विभेद, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरेको छ । 

फिल्ममा महतका अलावा सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटाको अभिनय रहेको छ ।

त्यस्तै एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित फिल्म  ‘नमेटिने घाउ’एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई फिल्ममा देख्न सकिनेछ । 

‘नमेटिने घाउ’मा प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, सुरवीर पण्डित, सुनील कटुवाल लगायतका कलाकारको अभिनय देख्न पाइन्छ ।

यी दुवै फिल्म आ–आफ्नै कारणले चर्चामा छन् । सतीदेवीमा प्रिमियरमा राम्रो प्रतिक्रिया मिल्दा नमेटिन घाउ केपी ओली र माधव नेपालको डेब्यु फिल्म हो । यही कारण कतिपयले यसलाई भिआइपीको अनुहार बिकाएर फिल्मको व्यापार गर्न खोजेको आक्षेप समेत लगाएका छन् । 

शोलाई हेर्दा सतीदेवीलाई सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पहिलो दिन  उपत्यकाका आउटलेटमा १३ शो र बाहिर १२ शो गरि  २५ शो दिएको छ।त्यस्तै नमेटिने घाउले  काठमाडौंमा ८ र बाहिर १४ गरि २२ शो पाएको छ । 

यता  बिग मुभिजमा सतीदेवीले ३ र नमेटिने घाउलाई २ शो दिइएको छ। आइएनआईले सतीदेवीलाई ७ र नमेटिने घाउले ३ शो दिएको छ । वान सिनेमाजले दुवै फिल्मलाई ३–३ शो दिएको छ भने एफक्युब, बिएसआर लगायतका मल्टिप्लेक्समा पनि फिल्म लाग्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?