मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन आउँछ मेरुदण्डमा समस्या ?

मेरुदण्डको हड्डी नहुने हो भने हामी सिधा उभिन पनि सक्दैनौँ । मेरुदण्डको माध्यमबाट केन्द्रीय स्नायु प्रणालीको रक्तधार र चेतनाचक्र प्रवाहित हुन्छ।

धेरै मोटो र धेरै पातलो व्यक्ति या कुपोषणका सिकार भएका व्यक्तिमा पनि यो समस्या देखिन सक्ने चिकित्सक बताउँछन्।

यस्तै सुत्ने विस्तारा वा पोजिसन नमिल्दा पनि समस्या देखिन सक्छ। मेरुदण्डले मानिसको तौललाई धान्ने स्नायु प्रणालीको समेत महत्त्वपूर्ण भाग रहेको चिकित्सकको भनाइ छ। 

मेरुदण्ड रोग विशेषज्ञ डा .गौरवराज ढकालका अनुसार अहिले धेरै काम गर्ने २५ देखि ५० उमेरसम्मको मान्छेहरूमा ढाड र कम्मर गर्धन दुख्ने समस्या धेरै भएको छ। 

वृद्धाहरूमा (ओस्टियोपोरोसिस)को कारणले अर्को मेरुदण्डको क्यान्सर अरू भागबाट क्यान्सर भएर ढाडमा आएपछि ढाड धेरै दुख्ने बाथहरू उत्पन्न हुने हुन्छ। 

कुर्सीमा बसेर लेखापढीको काम गर्न, सिलाई बुनाइको काम गर्ने, निहुरिएर काम गर्ने र शारीरिक क्षमताले भ्याउनेभन्दा बढी श्रम गर्नेमा यो रोग देखिन्छ ।

मेरुदण्डमा समस्या देखियो वा ढाड दुख्ने, गर्धन दुख्ने, हात झमझमाउने समस्या हुन्छ।यस्तो समस्या हुँदा घरैमा सिटामोल खाएर बस्नु हुँदैन।एक हप्ता हेरौँ न भनेर पनि बस्नु हुँदैन।

त्यत्ति बेलासम्म दुखाइले उग्र रूप लिन सक्छ।समस्या पनि बढेर जान सक्छ।त्यसैले ढाड र गर्धनको दुखाई, हातमा कमजोरी र खुट्टामा लुलोपन आयो भने तत्काल जाँच गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?