काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिँदै छ ।
समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी सञ्चालक, ठगीको आरोप लागेका दर्जनौँ व्यक्तिहरूको बयान लिइसकेको छ । त्यस्तै समितिले सरकारका विभिन्न निकायका अधिकारीहरूसँग पनि छलफल गरेको छ ।
समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेस गर्ने सभापति सूर्य थापाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया