मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन्दर देखिन पुरुषले अपनाउनुहोस् यी उपाय

अनुहारको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, तर नियमित रूपमा त्यत्ति चासो राख्दैनन् ।

दाह्री, जुँगा काट्नु, मुहार सफा पानीले धुनु र कपाल नुहाउनु नै स्याहारका लागि पर्याप्त रहेको ठान्नु गलत हो ।

तर राम्रो देखिन महिलालाई मात्र नभई पुरुषलाई पनि मन लाग्ने विषय हो । यही कारण आज हामी पुरुषले कसरी आफ्नो छालाको ख्याल गर्न सक्छन् त ? त्यसका बारेमा बताउन गइरहेका छौँ । 

अनुहारमा चमक ल्याउन अपनाउनुहोस् यी घरेलु उपायहरू

–बेलुका आधा कप दूधमा दुई–तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो गरेर पेस्ट बनाउने । उक्त पेस्टलाई सुक्खा छाला भएको ठाउँमा लगाउने । २५ मिनेटपछि सफा पानीले पखाल्ने । यसो गर्दा छालामा चमक ल्याउनुको साथै चाउरीपनलाई पनि कम गर्छ ।

–डेड स्किन, ब्ल्याक हेड्स र व्हाइट हेड्स हटाउनका लागि सातामा कमसेकम दुई पटक स्क्रब गर्नुहोस् । यसले अनुहारमा निखार ल्याउनुका साथै छाला पनि ताजा गराउँछ । पुरुषका लागि चामलको पिठोले स्क्रब गर्नु उपयोगी हुन्छ ।

यसका लागि मन तातो पानीमा बेसन मिसाएर पेस्ट तयार पारेर यसले अनुहारलाई सफा गर्नुहोस् । एक चम्चा मह तलबाट माथितर्फ लगाई आधा घण्टापछि सफा गर्नुहोस् ।

–तपाईँ जौको पिठोबाट फेस प्याक तयार गरेर लगाउन सक्नुहुन्छ । यसका लागि जौको पिठो र महको गाढा पेस्ट बनाएर अनुहार वा तपाईँले चाहेको अङ्गमा लगाउनुहोस् । यो पेस्ट सुकेपछि त्यसमाथि दहीको लेपन लगाई करिब ३० मिनेटपछि मनतातो पानीले पखाल्नुहोस् ।

–गोलभेँडा अर्थात् टमाटरले अनुहारमा आएको चिल्लोपना तथा कालो दागलाई हटाउन प्रयोग गर्न सकिन्छ । रातो गोलभेँडालाई लेदो बनाएर त्यसलाई पूरै अनुहारमा लगाउने र १५ मिनेटसम्म यत्तिकै राख्ने । त्यसपछि, चिसो पानीले मज्जाले पखाल्ने । यसो गर्दा अनुहारको चिल्लोपना तथा कालो दाग क्रमिक रूपमा हटेर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?