मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्लिम शरीर हुनेले यसरी गर्नुहोस् ड्रेसअप

सुन्दर देखिन फिगरमात्र हैन ड्रेस सेन्स पनि हुन आवश्यक छ । नत्र फिगर स्लिम भए पनि व्यक्तित्व खुल्दैन । 

हुन पनि चिटिक्क, राम्रो र हेर्दा वाउ भन्न बनाउन ड्रेसको डिजाइन, कलर लगायतका विषयका बारेमा कतिपयले आफ्ना साथी भाईसंग सल्लाह लिने गरेका हुन्छन् । 

अर्थात् ड्रेस छनोट गर्ने मामलामा सबैका लागि समस्याकै विषय पनि हो । यसै सन्दर्भमा आज हामी स्लिम फिगर भएका महिलाले कसरी ड्रेस छनौट गर्ने भन्ने बारे चर्चा गर्दै छौँ । 

सबैभन्दा पहिले त स्लिम फिगर भएकाले स्ट्रेट कुर्ता, चुरिदार, प्यान्ट स्टाइलको कुर्ता वेवास्ता गर्नुपर्छ । यसको सट्टा क्याजुअलमा फिटिङ जिन्स, फिटिङ ट्राउजर, लेगिन्स लगाउनु हुँदैन । सकेसम्म लुज जिन्स, जकर्स, लुज ट्राउजर लगाउनु पर्छ ।

पार्टीको लागि लेहेङ्गा माथिदेखि नै भोलुम गरेर बनाउनुपर्छ भने नाइट गाऊन बनाउँदा पनि कम्मरबाट नै भोलुम बनाउनुपर्छ । स्लीम शरीर भएकाहरूले माथिदेखि तलसम्म फिटिङ ड्रेस लगाउनु हुँदैन । यसरी यस्तो ड्रेस लगाउँदा हेल्थी र गोर्जियस देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?