मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक पटक मधुमेह भएपछि फेरी हुने सम्भावना कति रहन्छ ? 

मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई लाग्न सक्छ । यसलाई चिकित्सकीय भाषामा डाइअबीटीज भनिन्छ ।

रगतमा चिनीको मात्रा बढी भएर यो रोग लाग्ने भएका कारण यसलाई सुगर वा चिनी रोग पनि भन्ने गरिएको छ । एक पटक कसैलाई मधुमेह लाग्यो भने यो रोग पुन बल्झिन्छ भन्ने आम बुझाई छ । यसकारण आज हामी मधुमेह पुन उल्टिन्छ या उल्टिँदैन भन्ने सन्दर्भमा जानकारी गराउँदै छौ । 

मधुमेह रोगलाई नियन्त्रण गर्न सकिन्छ । कतिपयमा मधुमेहका बिरामीमा औषधि सेवनको आवश्यकता कम गर्न सकिने भए पनि यस रोगबाट पूर्णरुपमा मुक्ति पाउन नसकिने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

मोटोपनका सिकार भएका टाइप २ मधुमेह भएका व्यक्तिमा तौल घटाएर अनि स्वस्थ जीवनशैलीका माध्यमबाट औषधिको आवश्यकतालाई सीमित बनाएर सुगर लेभल नियन्त्रण गर्न सकिन्छ । तर मुख बारिएन भने केही समयपछि यिनीहरूमा फेरि रगतमा चिनीको मात्रा बढ्न सक्छ । अर्थात् पुन बल्झिन सक्छ । 

सबै खाले मधुमेहका बिरामीमा यो सम्भव छैन । टाइप २ मधुमेहका बिरामीहरूमा मात्र यो सम्भव छ । लामो समयदेखि मधुमेह भएका वा पातला मानिसहरूमा मधुमेहबाट मुक्तिको सम्भावना छैन ।

पातलो मानिसहरू कम इन्सुलिन प्रतिरोधी हुन्छन् । यिनीहरूको शरीरले कम इन्सुलिन उत्पादन गर्छ । इन्सुलिनको मात्रा कम भएका बिरामीहरूमा मधुमेह उल्टिने सम्भावना सम्भावना कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?