मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धेरै समयसम्म चस्मा लगाउँदा पर्नसक्छ  यस्तो असर 

हामी प्रायजसोको घरबाट बाहिर निस्कँदा चस्मा लगाएर निस्कने बानी हुन्छ । मुख्यतया रहर भन्दापनि घाम–पानी र सहरको प्रदूषणबाट बच्न हामी चस्माको प्रयोग गर्छौ ।

तर बाध्यताले प्रदूषणबाट आँखा जोगाउन चस्मा प्रयोग गर्दा–गर्दा हामीलाई लत नै बनिसकेको छ । यसकारण केही मानिसको बानी हुन्छ, घर बाहिर निस्कने बित्तिकै चस्मा लगाउने । यो राम्रो बानी पनि हो ।

चस्मा लगाउनु आँखाको सुरक्षाका लागि महत्त्वपूर्ण छ किनकि चस्मा लगाउँदा आँखामा धुलो पस्न पाउँदैन र विभिन्न सङ्क्रमणबाट बच्न सकिन्छ । तर, धेरै समयसम्म लगातार चस्मा लगाउँदा केही साइड इफेक्टहरू हुन सक्छन् । 

लगातार चस्माको प्रयोग गर्दा आँखामा पर्ने असरहरू 

आँखाको थकान

लगातार चस्मा लगाउँदा आँखाको थकान हुन सक्छ । यो विशेष गरी कम गुणस्तरका चस्माहरू लगाउँदा हुने गर्छ, जसले आँखामा तनाव बढाउँछ ।

प्रकाशको संवेदनशीलता

लगातार चस्मा लगाउँदा आँखाको प्रकाशको संवेदनशीलता बढ्न सक्छ । यसले गर्दा उज्यालोमा हेर्दा आँखालाई असहज महसुस हुन सक्छ ।

निन्द्राको समस्या 

चस्माले आँखामा पर्ने प्रकाशको मात्रा घटाउँछ, जसले शरीरको सर्केडियन रिदमलाई असर गर्न सक्छ । सर्केडियन रिदम भनेको हाम्रो शरीरको आन्तरिक घडी हो, जसले हाम्रो निद्रा, जागरण, र अन्य जैविक प्रक्रियाहरूलाई नियन्त्रण गर्छ ।

जब हामी धेरै समयसम्म चस्मा लगाउँछौँ, हाम्रो आँखामा पर्ने प्राकृतिक प्रकाशको मात्रा कम हुन्छ, जसले सर्केडियन रिदमलाई गडबड गराउँछ । यसको परिणामस्वरूप हाम्रो शरीरले दिन र रातको समयलाई सही तरिकाले छुट्टाउन सक्दैन, जसले गर्दा निन्द्राको समस्या निम्त्याउन सक्छ ।

आँखाको रोगको जोखिम

चस्माले आँखालाई सुरक्षाको लागि महत्त्वपूर्ण भए पनि लगातार लगाउँदा आँखाको रोगको जोखिम बढ्न सक्छ । लगातार चस्मा लगाउँदा आँखामा सूर्यको किरणको प्रभाव कम हुन्छ, जसले गर्दा आँखाको प्राकृतिक सुरक्षात्मक प्रणाली कमजोर हुन सक्छ । यसले आँखाको क्यान्सरको जोखिम बढाउँछ । यसले आँखाको क्यान्सर, मोतियाबिन्दु, र अन्य रोगहरूको जोखिम बढाउँछ ।

आँखा अत्यन्तै संवेदनशील र सजिलौसँग संक्रमण हुने अंग हो । धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पु¥याउँन सक्छ । यसकारण आँखालाई सधैँ स्वस्थ राख्न आवश्यक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?