मिठो र पोषणयुक्त फल हो मेवा । अहिले मेवाकै सिजन छ । यसको सेवनले हाम्रो स्वास्थ्यलाई निकै फाइदा पनि गर्छ ।
तर म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्त्वहरूले भरिएको मेवाले बेफाइदा पनि गर्छ ।
मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरू पनि छन् ।
गर्भवती महिला
गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई सङ्कुचित गरिदिन्छ भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्छ ।
स्तनपान गराउने महिला
गर्भावस्थामा मात्र नभई बच्चा जन्माइसकेपछि पनि मेवाको सेवन हानिकारक हुन्छ । मेवामा हुने पापेन नाम विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैगरी, बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउनुहुँदैन ।
एलर्जी
क्यारोटेनिया नामक रोगको बिरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका बिरामीमा छालाको एलर्जी हुन्छ ।
ब्लड प्रेसर
मेवाले शरीरमा सुगरको मात्रा कम गराउन मद्दत गर्छ । तर, मधुमेह सँगसँगै ब्लड प्रेसरको समस्या भएकाहरूले मेवाको सेवा भुलेर पनि गर्नुहुँदैन । साथै, प्रेसर नियन्त्रण गर्ने औषधि सेवन गर्नेहरूले डाक्टरको सल्लाहविना मेवाको सेवन गर्नुहुँदैन ।
झाडापखालामा
पेटमा समस्या भएको समयमा वा झाडापखाला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ ।
मुटुरोग
मुटुरोगसँग सम्बन्धित समस्याबाट गुज्रिरहनुभएको छ र औषधि सेवन गरिरहनु भएको छ भने मेवाको सेवनबाट टाढा रहनुपर्छ ।
घाँटीको समस्या
एक दिनमा एउटाभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ ।
मिर्गौलामा पत्थरी
अध्ययनका अनुसार धेरै मात्रामा भिटामिन सी को सेवनले मिर्गौलामा पत्थरी गराउँछ । मेवामा पनि उच्च मात्रामा भिटामिन सी हुने भएकाले जसले पत्थरीको समस्या निम्त्याउन सक्छ ।
यसैगरी नाकमा समस्या भएका, दमका रोगी र श्वास सम्बन्धी समस्या भएका बिरामीले पनि मेवाको सेवन गर्नु हुँदैन । एक वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि मेवाको सेवन गराउनु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया